लडाकु पुनस्र्थापना प्याकेजमा विवाद


काठमाडौं,पुनस्र्थापना हुन चाहने लडाकुका लागि तयार पार्न खोजिएको प्याकेज कार्यक्रममा विवाद भएको छ । लडाकुलाई दिइने आर्थिक प्याकेजमा सेना समायोजन प्राविधिक समितिमा विवाद भएको हो तीन वर्षदेखि शिविरमा बस्दै आएका लडाकुमध्ये समायोजन हुन नचाहनेलाई पुनस्र्थापनाका लागि आर्थिक प्याकेज दिन दलहरूबीच सहमति बनेको छ । तर सरकारका पक्षबाट प्रस्तुत प्याकेज प्रस्तावमा माओवादीले असहमति राखेको छ ।
माओवादीका तर्फबाट प्राविधिक समितिमा रहेका जनसेना डेपुटी कमान्डर चन्द्रप्रसाद खनाल बलदेवले प्याकेज’bout छलफल भइरहे पनि सहमतिमा पुग्न नसकेको बताए । राजनीतिक रूपमा विशेष समितिमा छलफल होस् त्यसपछि अरू काम गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो उनले नयाँ पत्रिकासँग भने उहाँहरू -कांग्रेस र एमाले) ले पुनस्र्थापनाको कुरा ल्याउनुभएको छ हामीले प्याकेजमा गरौँ भनेका छौँ ।
एमालेका तर्फबाट प्राविधिक समितिमा सदस्य रहेका गोपालसिंह बोहराले पुनस्र्थापनाका लागि माओवादीले ठूलो माग राखेकाले प्याकेजमा सहमति नभएको बताए । आ-आफ्ना कुरा आएका छन्, अझै मिलाउन बाँकी छ बोहराले भने ।
सत्तारुढ कांग्रेस र एमालेका प्रतिनिधि र माओवादी प्रतिनिधिले छुट्टाछुट्टै प्याकेज प्रस्ताव तयार पारेका छन् । कांग्रेस र एमालेको प्याकेज प्रस्तावमा पुनस्र्थापना हुन चाहने लडाकुले डेढ लाखदेखि दुई लाख रुपैयाँ पाउनेछन् । घाइतेले उनीहरूको अवस्थाअनुसार दुईदेखि दुई लाख ५० हजारसम्म पाउनेछन् । समितिका सदस्य बोहराले नेपाली अवस्था सुहाउँदो प्याकेज दिनुपर्ने आफूहरूको धारणा रहेको बताए । उनीहरूको प्रस्तावमा असहमति जनाउँदै माओवादीले छुट्टै प्रस्ताव तयार पारेको हो ।
माओवादी प्रस्तावमा उपदानस्वरूप अनौपचारिक तहमा माओवादी पुनस्र्थापना हुन चाहने लडाकुलाई व्यक्तिगत रूपमा २० लाख दिनुपर्ने माग गरिएको छ । तर, यो नै अन्तिम नभएको बलदेवले बताए । उनले भने हामीले यति नै भनेका छैनौँ, जनसेनाको योगदानलाई सम्मान गरियोस् भन्ने हाम्रो मान्यता हो ।
प्राविधिक समितिले प्याकेजमा सहमति गर्न नसकेपछि विशेष समितिले प्रमुख दलसँग समायोजनलगायतका विषयमा सोमबार छलफल गर्ने भएको छ । यसअघि विशेष समितिले पुनस्र्थापित हुन चाहने लडाकुका लागि पुनस्र्थापना कार्ययोजना र समायोजन गरिने लडाकुको न्यूनतम मापदण्ड निर्धारण गरी प्रतिवेदन पेस गर्न प्राविधिक समितिलाई निर्देशन दिएको थियो ।
विशेष समितिको १५ चैतमा बसेको बैठकले प्राविधिक समितिलाई तीन दिनको म्याद दिएको थियो । विशेष समितिको बैठकले लडाकुलाई तीन वर्गमा विभाजन गर्ने निर्णयसमेत गरेको थियो । बैठकले समायोजनमा सहयोग पुग्ने भन्दै पुनस्र्थापना हुन चाहने, राजनीतिमा सक्रिय हुन चाहने र समायोजन हुन चाहने गरी लडाकु वर्गीकरणको निर्णय गरेको हो ।
विशेष समितिलाई सघाउन प्राविधिक समिति गठन गरिएको हो । प्राविधिक समितिमा माओवादीबाट चन्द्रप्रसाद खनाल बलदेव र कुलप्रसाद केसी सोनाम, एमालेबाट सभासद् तथा सेनाका पूर्वउपरथी गोपालसिंह बोहरा र सैन्यविद् दीपकप्रकाश भट्ट छन् । कांग्रेसबाट सेनाका पूर्वरथी बालानन्द शर्मा र पूर्वराजदूत शम्भुराम सिंखडा छन् । मधेसी जनअधिकार फोरमबाट पूर्वसचिव रामानन्द मिश्र र प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक सदानन्द कुर्मी समितिका सदस्य छन् ।
राष्ट्रसंघीय मिसन अनमिनको दोस्रोपटकको प्रमाणीकरणमा योग्य ठहरिएका १९ हजार ६ सय ९२ लडाकु सातवटा मुख्यसहित २८ वटा शिविरमा बसेका छन् । अयोग्य लडाकुको बिदाइ भने सकिएको छ । अयोग्य लडाकुको पुनस्र्थापन प्याकेज निर्माणमा पनि विवाद भएको थियो । तीव्र विवादका कारण अयोग्य भनिएका चार हजार लडाकुसमेत कुनै प्याकेज नलिई खाली हात घर फर्केका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.