पिसीका पिताको निधन


तपाईं-हाम्रो घरघरमा पुर्याउन ठूलो योगदान पुर्याएका Dr. Henry Edward Roberts सदाका लागि हामिबाट बिदा भएका छन् । The Father of the PC को उपाधि पाएका Edward Altair 8800 का अविष्कारक हुन । Altair विश्वकै पहिलो पिसी हो । यही पिसीबाट नै घरघरमा प्रयोग गर्न सकिने साना आकारका कम्प्युटर विकास सम्भव भएको हो ।
उनी माइक्रोसफ्टका संस्थापकद्वय बिल गेट र पल एलेनका कर्मगुरुसमेत हुन् । कुनै अखबारको पहिलो पृष्ठमा छापिएको Altair को तस्बिर देखेपछि उनीहरुले सो कम्प्युटरलाई आवश्यक पर्ने सफ्टवेयर प्रस्ताव गरेका थिए । उनीहरुले प्रस्ताव गरेकेा प्रोग्रामको नाम थियो- Altair BASIC । Altair BASIC नै माइक्रसफ्टको पहिलो ब्यावसायीक सफ्टवयेर हो ।

इडवार्डको निधनप्रति दुवैले दुःख व्यक्त गरेका छन् । “उनी हामीलाई मौका दिएर हर्न चाहन्थे । हामी एकदमै कच्चा थियौं । कम्प्युटर पहुँचमा पुग्न सक्षम थोरै ब्यक्तिमा पर्ने हामी कम्प्युटर’boutमा चासो मात्रै राख्थ्यो । त्यस्तो समयमा उनीले हामीलाई मौका दिएका थिए । हामी उनीप्रति सदैव आभारी रहनेछौं,” संयुक्त वक्तव्यमा भनिएको छ । परीक्षण नै नगरिएको सफ्टवेयर Altair मा चलेको दिन धेरै महत्वपुर्ण कुरा सुरु भएको उनीहरुको भनाइ छ ।

एप्पल कम्प्युटरका सह-संस्थापक स्टिभ उजनियकले इडवार्डको प्रयासले नै अहिले हाम्रो टेबल तथा काखमा भएका कम्प्युटर सम्भव भएको बताए ।
इडवार्ड माइक्रो इन्स्ट्रयुमेन्टेसन एन्ड टेलिमेट्री सिस्टम्स -एमआइटिएस) का संस्थापक थिए । सो कम्पनीले रकेट पारखीका लागि नमुना विद्युतीय रकेट बनाउने गर्दथ्यो । पछि सो कम्पनी क्याल्कुलेटर किट उत्पादन गर्न थालेपछि ठुला कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्दा ऋणमा डुबेको थियो । सन् १९७९ को मध्यतिर इडवार्डले कम्प्युटरमा रुचि राख्नेहरुलाई लक्षित गर्दै कम्प्युटर किट तयार गर्न थालेका थिए । त्यसैको प्रयासस्वरुप स्विचबाट चलाउन सकिने तर दृश्य नदेखिने कम्प्युटर Altair 8800 को जन्म भएको थियो । त्यसबेलाको उच्चस्तरीय मानिने इन्टेल ८०८० माइक्रोप्रोसेसरको नामबाट नै कम्प्युटरको नाम राखिएको थियो ।
तत्कालीन समयमा ३ सय ९४ पाउन्ड -हाल एक हजार पाउन्ड) मूल्य पर्ने सो किट पपुलर इलेक्ट्रोनिक्स नामक अखबारको प्रथम पृष्ठमा सन् १९७५ मा छापिएको थियो । त्यसबखत सो कम्प्युटर माग अत्यधिक भएको थियो ।
सोही मेसिनले गेटस र एलेनलाई आकषिर्त गरेपछि उनीहरुले इडवार्डस“ग सर्म्पर्क गरी सो मेसिनलाई प्रोग्रामिक गर्न सकिने सफ्टवेयर कोड तयार गर्ने प्रस्ताव गरेका थिए । उनीहरुको प्रस्ताव इडवार्डले स्विकार गरी दुवैलाई एमआइटिएसको कार्यालयमै गएर कोड तयार गरेका हुन् । पछि उनीहरुले आफ्नै कम्पनी माइक्रोसफ्ट दर्ता गरी आफ्नै ब्यवसाय थालेका हुन् । उनीहरुले Altair का लागि कम्प्युटर ल्याङ्वेज बेसिक -बिगनस अल पर्पस सिम्बोलिक इन्स्ट्रक्सन कोड) को एक रुप तयार गरेका थिए ।
एमआईटिसमा इडवार्डस“ग काम गर्दाका थुप्रै मीठा सम्झना छन् । उनीस“ग भेट भएपछी हामीले नसोचेका धेरै कुरा भए’ गेटस र एलेनले भनेका छन् ।
इडवार्डले आफ्नो कम्पनी एमआइटिस सन् १९७७ मा बिक्री गर्दै मेडिसिन अध्ययनतर्फलागेका थिए । लामो समयदेखि निमोनियमाबाट पीडित ६८ वर्षीय इडवार्डको उपचारका क्रममा बिहीबार निधन भएको हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.