अमेरिकी राष्ट्रपति र विदेशमन्त्रीद्वारा नयाँ वर्षको शुभकामना


 काठमाडौँ, चैत ३१ , नेपाली नयाँ वर्षको उपलक्ष्यमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री हिलारी क्लिन्टनले नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन्। क्लिन्टनद्वारा जारी विज्ञप्तिमा नयाँ वर्षमा नेपालको नयाँ संविधान घोषणा हुने आशा पनि व्यक्त गरिएको छ। अंग्रेजीमा जारी वक्तव्यको अन्त्यमा रोमनमा लेखिएको छ- नयाँ वर्षको शुभकामना !

वक्तव्यको नेपाली भावानुवाद-

 नेपाली नयाँ वर्षको अवसरमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको सन्देश राष्ट्रपति ओबामा र अमेरिकी जनताका तर्फबाट नयाँ वर्षको स्वागत गरिरहेका नेपाली जनतालाई मेरो शुभकामना छ। यो नेपालमा राष्ट्रिय एकता र सद्भावना मनाउने तथा संसारभरिका नेपाली पृष्ठभूमिका मानिसका लागि नयाँ शुरुवात र सम्भावनाहरूको चिन्तन गर्ने अवसर हो। नेपालको मित्र तथा साझेदार भएका नाताले अमेरिकाको अपेक्षा रहेको छ कि आउने वर्षमा नेपालमा नयाँ संविधानको घोषणा हुनुका साथसाथै प्रजातन्त्रलाई मजबुत बनाउने क्रम जारी रहनेछ, जसले नेपाललाई प्रगति र सम्पन्नताको मार्गमा राख्नेछ। हामीले हाम्रा सरकार बीचको साझेदारी र हाम्रा जनता बीचको मित्रतालाई बलियो बनाउने आशा राखेका छौं। यो नयाँ वर्ष सुरक्षित र रमाईलो होस् भनी म हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षको शुभ-कामना !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.