Daily Archives: 12/04/2010

एमआरपी भारतलाई छाप्न दिने निर्णय रद्द / माओवादीद्वारा बन्द फिर्ता


भारतलाई मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छाप्न दिने निर्णयाई रद्द गरी सरकारले अन्तर्राष्ट्रिय रूपमा टेन्डर आहवानमार्फ एमआरपी छाप्ने प्रक्रिया अगाडि बढाउने निर्णयगरेको छ । व्यवस्थापिका-संसद् सार्वजनिक लेखासमितिको निर्देशन, सर्वोच्च अदालतले यससम्बन्धी निर्णयकार्यान्वयन नगर्न दिएको आदेश, प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) को आन्दोलन र सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) संसदीय दलले निर्णयफिर्ता लिन गरेको आग्रहलाई आधार मानेर मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भारतमा एमआरपी छपाउने पूर्वनिर्णय फिर्ता लिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नारायणहिटीका सामान गायब


इश्वरराज ढकाल, (काठमाडौं), नारायणहिटी राजदरबारलाई संग्रहालयमा रूपान्तरण गर्नुअगाडि बेपत्ता बनाइएका १ सय ५१ थान पुरातात्त्विक, ऐतिहासिक र बहुमूल्य सामग्रीका ’boutमा अझै पत्तो लाग्न सकेको छैन।

पूर्वराजा ज्ञानेन्द्रले दरबार छाड्नुअगाडिको लगत र दरबार छाडिसकेको अवस्थाको लगत जाँच गर्दा उक्त परिमाणको सामग्री नपुग भएको पाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सानिया-सोयव बाँधिए बिबाह बन्धनमा


हैदरावाद, चैत ३० – भारतीय टेनिस सुन्दरी सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर सोयव मल्लिकको आज बिबाह भएको छ । यो जोडीले बिबाह गर्ने घोषणा लगत्तै विवाद चर्किएको थियो । त्यसैले घोषित मितिभन्दा तीन दिन अघि नै उनीहरुको विवाह भएको हो । आज बिहानमात्रै सानियाका प्रवक्ता रुछा नायकले छिटै उनको निकाह हुने जनाउँदै अन्य कुरा भने बताउन चाहेका थिएनन् । पढ्नेक्रम जारी राख्नुहोस्

निर्दयी आमाबुबाले अस्पतालमा छाडेकी बालिकाले संसार छाडिन्


 पवित्रा सुनार, काठमाडौं, चैत ३०- उनले सात वर्ष कान्ति बाल अस्पतालमा बिताइन् । यति लामो समय अस्पतालमा कति बिरामी बस्लान्? तर, कान्ति नै उनको घर थियो। निर्दयी बुबाआमाले उनलाई जन्मनेबित्तिकै छोडेका थिए । बेबारिसे अवस्थामा भेटिएकी उनलाई टाउको ठूलो हुँदै जाने रोग थियो । अस्पतालकै कर्मचारीले उनलाई नाम दिएका थिए- सृष्टि ।

सृष्टिकी बुबा भने पनि आमा भने पनि अस्पतालकी कर्मचारी सपना परियार थिइन् जसले दिनरात उनको हेरचाह गर्थिन् । आइतबार उनको निधन भएपछि तिनै कर्मचारी सपना सबैभन्दा बढी रोइन् । कान्ति बाल अस्पतालको मेडिकल वार्डमा ७ वर्ष बिताएकी बालिका सृष्टिको निधनमा कर्मचारी उदास भए, श्रद्धाञ्जली दिए, कतिपय शवयात्रामा सहभागी पनि भए । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री नेपाल राजीनामा दिने मुडमा


image

संसदीय दलको बैठकपछि सिंहदरबारमा खसीको मासु, आलु र काउलीको तरकारीसाग पुलाउ खादै प्रधानमन्त्री नेपालले सहकर्मीसाग सोधे, षराजीनामा त दिन्छु, तर संसद्मा बोलौ कि राष्टका नाममा सम्बोधन गरौ ? पढ्नेक्रम जारी राख्नुहोस्