Daily Archives: 11/04/2010

वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेल रिजउडमा


रिजउड न्यूर्योक अप्रिल ०८, २०१०

रिजउड नेपाली समाजको आयोजना र निमन्त्रणामा वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेल रिजउड स्थीत नेपाली मन्दिरमा उपस्थीत भै पुजा अर्चना गर्नुभयो ।उक्त अवसरमा रिजउ ८ नेपाली समाजका अध्यक्ष श्री पराजुलीले दोसल्ला र फूलको गुच्छाले पण्डीत पोख्रेलको सम्मान गर्नुभयो । मन्दिरका पण्डीत श्री मतीराज भुसालको स्वस्ती वाचनबा६ शुरु भएको उक्त कार्यक्रममा वोल्दै रिजउ८ नेपाली समाजका अध्यक्ष श्री पराजुलीले समाजले प्रस्तावित गरेको मन्दिर र सामुदायीक भवन निर्माणको सहयोगार्थ न्यूर्योक शहरमा श्री भदभागवत महापुराण आयोजना गर्ने लक्ष्य रहेको र सो महापुराण वाचनमा व्चनप्रविण पण्डीत दिनबन्धु पोख्रेलको समय तालिका अनुसार २०१० को अगस्त महिनामा आयोजना गरीने जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

निःशुल्क मनोरञ्जनको भारी मूल्य


अहिले नेपालमा जादुटुना देखाउने चटकेहरू छैनन्, सर्कस पनि लागेको छैन, तर सरकारका हरेक क्रियाकलापले निःशुल्क मनोरञ्जन प्रदान गरिरहेछ । सर्वप्रथम त काम न काजको ४२ जनाको जम्बो मन्त्रिमण्डल बनाइयो । विनाविभागीय र राज्यमन्त्री काम नपाएको गुनासो पोखेर दिन बिताइरहेछन् । राजेन्द्र महतोजस्ता आपूर्तिमन्त्रीचाहिँ देश र जनताका काम सबै लठिबद्र छाडेर आफ्नै सरकारविरुद्ध आन्दोलन चर्काउँदै हिँडेका छन् । मधेस एक प्रदेश नभए भोलि नै देश टुक्र्याइदिन्छु भनेर मन्त्रीको कुर्सीबाटै धम्की दिइरहेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

१४ जेठ अघि र पछि


१४ जेठ ०६७ । यो मितिमा नयाँ संविधान निर्माणसम्पन्न गरी जारी हुनुपर्ने हो । यही मितिभित्र शिविरमा रहेका माओवादी लडाकु नेपालको राष्ट्रिय सुरक्षा संयन्त्रमा समावेश हुनुपर्ने हो । तर यी दुवै राष्ट्रिय कार्यसूची १४ जेठअघि सम्पन्न हुने देखिन्न । किन हुँदैन ?प्रश्न छ । प्राविधिक हिसाबले संविधान बन्न ११ वटा विषयगत समितिका प्रतिवेदनहरू संविधानसभामा पेस भएका छन्, तर संविधानसभाले संवैधानिक समितिमा मस्यौदा संविधान लेख्न पठाउनुपर्ने काम अझै भएको छैन । मस्यौदा संविधान जनतामा केही समय छलफल गर्न दिएर अन्तिम मस्यौदालाई संविधानसभाले पारित गर्नुपर्ने हो । पढ्नेक्रम जारी राख्नुहोस्

बर्दिया गोलीकाण्डका पीडितले किरिया खर्च पनि पाएनन्


(सुर्खेत),पैसा दियो? दुर्गबहादुरको प्रश्नमा दाइ कृष्णबहादुर विक एकछिन मौन रहे। ‘दिएन’ तत्काल उनले मुन्टो हल्लाएर पैसा नल्याएको संकेत गरे। बर्दिया ठाकुरद्वारास्थित निकुञ्ज कार्यालयमा किरियाखर्च बुझ्न गएका कृष्णबहादुर शुक्रबार दिउँसो रित्तो हात फर्किदा उनको घरमा निराशा छायो। सहीछाप गरेर दिने भनेको पैसा त दिएन १० लाख रुपैयाँ कसरी दिन्छ यो सरकार? दुर्गबहादुरले भने। पढ्नेक्रम जारी राख्नुहोस्

विमान दुर्घटनामा पोल्याण्डका राष्ट्रपति दम्पतीसहित ८० को मृत्यु


सेना प्रमुख, गभर्नर, सांसद पनि परे-
मस्को, पोल्यान्डका राष्ट्रपति लेक कास्जिन्की दम्पतीको रुसमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ। पोलिस तथा रुसी अधिकारीहरुले सो विमानमा सवार सबैको मृत्यु भएको बताएका छन्।  बाक्लो कुहिरो लागेका बेला स्मोलेन्स्क विमानस्थल नजिकै सो विमान रुखमा ठोक्किन पुगेको थियो।  
पोल्याण्डका सेना प्रमुख, केन्द्रीय ब्याङ्क गभर्नर, सांसदहरु तथा वरिष्ठ इतिहासकारसहित सो विमानमा ८० जनाभन्दा बढी सवार थिए। रुसका आपत्कालीन मन्त्रीका अनुसार सो विमान स्थानीय समयअनुसार करिब बिहान करिब ११ बजे दुर्घटनाग्रस्त भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्