Daily Archives: 04/04/2010

एनआरटीले दुई ब्राजिलियन खेलाडी ल्याउने


काठमाडौं,  स्ट्राइकरको अभावबाट गुज्रिरहेको न्युरोड टिम (एनआरटी) ले दुई ब्राजिलियन खेलाडी भित्र्याउने भएको छ।दुवै ब्राजिलियन सोमबार काठमाडौं आइपुग्ने क्लबका महासचिव विनय प्रधानले जानकारी दिएका छन्। दुईमध्ये ग्याब्रियल स्ट्राइकर र लियन्द्रो मिडफिल्डर हुन्। प्रधानका अनुसार दुवैले भारत र मलेसियाबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

चर्चित नेता लालुप्रसाद यादवले रामदेव पागल भएको भन्दै कडा आलोचना गरे !


भारतको राष्ट्रिय जनता दल (आरजेडी) का प्रमुख एवम् चर्चित नेता लालुप्रसाद यादवले रामदेव पागल भएको भन्दै कडा आलोचना गरेका छन्। भारतीय टेलिभिजन एनडीटिभीले जनाएअनुसार उनले बुधबार एक कार्यक्रममा बोल्दै आफ्नो राजनीतिक पार्टी खोल्नका लागि रामदेवले अन्य राजनीतिक नेतालाई अनावश्यक आलोचना गरेको बताए। रामदेवले क्यान्सरको उपचार गर्ने दाबी गरेकोमा त्यसको पनि खिल्ली उडाउँदै लालुले भनेका छन्- ‘यो अनुसन्धानको युग हो। योगबाट क्यान्सरको उपचार गर्छु भन्नु जनतालाई ढाँट्ने र मूर्ख बनाउने काम हो।’…यसअघि भारतकै कम्युनिस्ट नेत्री वृन्दा करातले रामदेवको पतञ्जली योगपीठद्वारा उत्पादित आयुर्वेदिक औषधिमा जनावरको हाडसमेत हाल्ने गरेको भन्दै आलोचना गरेकी थिइन्। त्यस्तै उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीले पनि रामदेवको कडा शब्दमा आलोचना गरेकी थिइन्। पढ्नेक्रम जारी राख्नुहोस्

जनविद्रोहको लागि नयाँ सुरक्षादस्ता परिचालन


“जनविद्रोह” नै निकटको विकल्प रहेको र त्यसैमा टेकेर जनगणतन्त्रको अभियान : सीपी गजुरेल जनविद्रोहको तयारीका लागि एकीकृत माओवादीले विराटनगर, सुनसरी–मोरंग औधोगिक करिडोरलगायत सुनसरीका दुई सहरमा ‘करिडोर आर्क’ नामको नयाँ सुरक्षादस्ता परिचालन गर्न थालेको छ ।… जसमा माओवादी लडाकू रहेको इलामको चुलाचुलीस्थित एक नम्बर डिभिजनमा अयोग्य ठहरीएका लडाकूहरुलाईपनि संगठित गरिएको छ । ‘माओवादीको जनविद्रोह र अन्तिम लडाइको विकल्पका रुपमा पछिल्लो समयमा यो दस्ता निर्माण गरेर अभियानको नाम दिइएको छ ।’ माओवादी स्रोतले वतायो । नयाँ दस्तामा सम्पर्कमा रहेका अयोग्य ठहरीएका एक सय बढि लडाकूहरु संगठीत भएका छन् ।
पढ्नेक्रम जारी राख्नुहोस्