Daily Archives: 03/04/2010

सिंगापुरको बिरुद्द नेपाल ७ विकेटले बिजयी, एसिसि एलाइट ट्रफी कुवेत २०१० मा नेपालको तेस्रो जित


०३ अप्रिल २०१० को दिन, बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा नेपाल र सिंगापुरबीच भएको एसिसि एलाइट ट्रफी कुवेत २०१० मा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरी शानदार जित हाँसिल गरेको छ । टस जितेर पहिलो ब्याटिङ्ग गरेको सिंगापुरले ४९ ओवरमा अल आउट हुँदै २१६ रन बनाउँदै नेपाललाई २१७ रनको लक्ष्य दिएको थियो । जसमा नेपाली खेलाडी बसन्त रेग्मीले १ विकेट, शक्ती गौचनले ३ विकेट, राहुल विश्वकर्माले २ विकेट, सन्जम रेग्मीले १ विकेट लिएका थिए भनें ३ विकेट नेपालले रन आउट गरी प्राप्त गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

सिंगापुरको बिरुद्द नेपाल ७ विकेटले बिजयी


LIVE UPDATE : Bikram Thapa / Shiva Paudel – Unity Ground, Kuwait

सिंगापुरको बिरुद्द नेपाल ७ विकेटले बिजयी

नेपालको शानदार प्रदर्शन, रन रेट ५ ओभर,

ब्याट्स मेन अनिल मण्डलले 83 रन बनाइ हाफ सेन्च्युरी क्रस गरे । 

ब्याट्स मेन महेशले 87 रन बनाइ हाफ सेन्च्युरी क्रस गरे । 

(महेश क्रिजमा, पारस ईन) 

शरद ईन, दिपेन्द्र ईन

1) अनिल मण्डल ८3 रन बनाएर आउट

2) पारस खड्का आउट

3) महेश 87 रन बनाएर आउट

म्याच शुरु (13.30 p.m.), नेपाली टिमका ब्याट्स मेन  Sharad & Dipendra  ब्याटिङ्ग गर्दै,

अपडेटेड् स्कोरको लागि आफ्नो पेज रिफ्रेस गर्दै गर्नु होला ।

Score Board

 

       Run       – 217                                           Run      – 216

       Wicket  – 3                                              Wicket – All out

       Overs   – 43                                             Overs  – 49

 

सिंगापुरको ब्याटिङ्ग सकिएको छ । ४९ ओभरमा २१६ रन बनाइ सिंगापुर अल-आउट हुँदै नेपाललाई २१७ रनको चुनौती दिएको छ । नेपालको ब्याटिङ्ग लन्चब्रेक पछाडि शुरु हुनेछ ।    

०३ अप्रिल २०१० बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा नेपाल र सिंगापुरबीचको एसिसि एलाइट ट्रफी कुवेत २०१०, क्रिकेट म्याचमा सिंगापुरले टस जितेर ब्याटिङ्ग गर्दै,

 

1 Wicket taken by Basanta Regmi

1 run-out, by Paras Khadka

3 Wicket taken by Shakti Gauchan

2 Wicket taken by Rahul Bishwakarma

1 run-out by, Amrit Bhattarai

1 Wicket taken by Sanjam Regmi

1 run-out, by

 

पत्रकारहरुको टोली र नेपाली तेक्वान्दो खेलाडी दिपक बिष्ट कोरया आउंदै


Puru Joshi, South Korea

यहि आउंदो अप्रील ४ तारिख आईतबारका दिन नेपाली खेलकुद इतिहास कै सफल नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी दिपक बिष्टलाई सम्मान गर्ने भएको छ भने सोही दिन नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने कार्यक्रम रहेको छ । दुवै कार्यक्रम एम् टी युको कार्यालय एकै ठाउंमा हुंदैछ । सो कार्यक्रममा बिशेष आतिथ्य ग्रहण गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा लगायत ३ सदस्यीय टोली र खेलाडी दिपक बिष्ट आज शुक्रबार कोरियन एयरको उडानबाट कोरिया आउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीको खतरनाक योजना दस्तावेज सेनाको हातमा, जेठको पहिलो सातापछि मुलुकमा मुठभेड


एकीकृत माओवादीले सत्ता कब्जाका लागि तयार पारी भित्रभित्रै पार्टी पंक्तिमा वितरण गरेको रणनीतिक गोप्य दस्तावेज सरकारको हातमा पुगेको छ। बाहिर राष्ट्रिय सहमति, सहकार्य र दलहरुबीचको एकता भन्दै आएको माओवादीले पार्टी पंक्तिमा भने खतरनाक योजनाका लागि तयार रहन निर्देशन दिएको रहेछ जुन माओवादीको सवै ईकाईमा पुग्नुभन्दा अघि नै सेनाको हातमा पर्यो  र अन्नतः सरकारको हातमा पनि पुगेको छ। माओवादीको खतरनाक रणनीति फेला पारेपछि यतिवेला सरकार र सरकारी संययन्त्र त्यसलाई असफल पार्ने तयारीमा लागिसकेका छन् भने पछिल्लो चरणमा विदेशीहरुसंगको छलफलमा समेत यो कुरा उठने गरेको बुझिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्