Daily Archives: 01/04/2010

सालिक देख्दा आँसु बरर्र


(काठमाडौं), लाखौं नेपाली आज प्रजातन्त्रका अथक योद्धा गिरिजाप्रसाद कोइरालाको तेह्रौं दिनको पुण्यतिथिमा आआफ्नै किसिमले श्रद्धाञ्जली व्यक्त गर्दै छन्। तर कलाकार विष्णुप्रसाद बराल भने भिन्न शैलीबाट श्रद्धाञ्जली दिने तयारीमा छन्। उनले कोइरालाको एउटा अर्धकदको सालिक तयार गरिसकेका छन् र अहिले विभिन्न शैलीका सालिक बनाउने तयारीमा छन्।गिरिजाबाबु महान् नेता हुन् भन्ने लागेर मैले यो सालिक २०६३ सालतिर नै बनाएको थिएँ अब फरकफरक पोजका सालिक बनाउन लागेको छु ललितपुरको प्रयागपोखरीमा आफ्नै कारखानामा भेटिएका बरालले भने। बरालले बनाएको यो सालिक नै कोइरालाको सम्भवतः पहिलो सालिक हुन सक्छ। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिविरुद्ध मुद्दाको फैसला ३१ चैतमा


काठमाडौं, राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला ३१ चैतमा हुने भएको छ । सर्वोच्च अदालतका अनुसार न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले सो मुद्दाको फैसला गर्नेछ ।बुधबार दुवै पक्षको बहस सकिएपछि सर्वोच्चले फैसलाका लागि मिति तय गरेको हो ।सर्वोच्चले आउँदो मंगलबारभित्र बहस नोट पेस गर्न आदेश पनि दिएको छ । बहस नोटको अध्ययनपछि फैसलाको प्रक्रिया सुरु हुने सर्वोच्च स्रोतले जनाएको छ । ‘३१ गते नै निर्णय सुनाउने मिति तोकिएको छ,’ रिट-निवेदक अधिवक्ता श्रीकृष्ण सुवेदीले भने, ‘न्यायाधीशद्वय नै यसलाई चाँडो टुंग्याउनुपर्छ भन्ने योजनामा हुनुहुन्छ ।’मुद्दाको सुनुवाइ गत कात्तिकदेखि न्यायाधीशद्वय शर्मा र कोइरालाकै इजलासमा भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दरबार हत्याकाण्डमा गिरिजाबाबुलाई पनि मार्ने षड्यन्त्र


चक्र बास्तोला-

 राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। त्यहाँ ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा।ज्ञानेन्द्रले बाबुराम र प्रचण्डलाई सोल्टीमा भेटेका थिए। यो तथ्य हो
दिस म्यान क्यान नट डु, इट्स टाइम फर यु। यु सुड- गिरिजाबाबुलाई सायद दरबारले उचाल्यो। दरबार कांग्रेसलाई भाँड्न चाहन्थ्यो।२०१७ सालपछिको लामो जेल जीवनबाट मुक्त भएर गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) बनारस जानुभएको थियो। सुषमा कोइरालालाई सन् १९६७ मा भेट्न बनारस पुग्दा मैले गिरिजाबाबुलाई पहिलोपटक त्यहीँ भेटको हो। पढ्नेक्रम जारी राख्नुहोस्

फोहर फेरि रोकियो


काठमाडौं, विभिन्न माग राख्दै ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाले अवरोध गरेपछि सोमबारयता काठमाडौं उपत्यकाको फोहर उठ्न सकेको छैन। त्यसले उपत्यकाका चोक र सडकहरु दुर्गन्धित बनेका छन्।  ल्याण्डफिल्ड साइट छत्रे देउरालीमा रहेको फोहर प्रभावित क वर्गीय संघर्ष समितिको नेतृत्वमा फोहर रोकिएको हो। स्थानिय विकास मन्त्रालयले ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रमा सडक निर्माण,खानेपानीको सुविधा, सहकारी भवनलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता जनाए पनि हालसम्म कुनै काम नगरेको भन्दै सोमबार फोहर फाल्न पुगेका महानगरपालिकाका गाडीलाई बीचमै रोकेका थिए। त्यसपछि लगत्तै उनीहरुले २४ सूत्रीय माग राखी स्थानीय विकास मन्त्रालय, फोहरमैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रमा पठाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

जसले कोइरालालाई बचाएका थिए


बुटवल, कुनै बेला गिरिजाप्रसाद कोइरालालाई मृत्युको मुखबाट बचाएका उनका आँखा अचेल ओभाना छैनन् । घरि कोइरालाको तस्बिर ओल्टाई-पल्टाई गर्छन्, घरि ती पुराना कुरा सम्झदै टोलाउँछन् । रूपन्देहीको केरवानी ५, सुरजपुराका पर्शुराम गिरीले सुनाए, ‘शत्रुको आक्रमणबाट त्यतिबेला मैले बचाएको थिएँ, संविधान नबनुन्जेल उहाँ बाँच्नु होला भन्ने आस थियो ।’
उनी २०४० फागुन २० गते आफ्नै घरमा तत्कालीन प्रतिबन्धित कांग्रेसको कार्यक्रममा भएको आक्रमणबाट कोइरालालाई बचाउन सफल भएका थिए । कोइरालामाथि नै लक्षित गरी मण्डलेले गरेको त्यही आक्रमणमा परी कांग्रेस नेता यादवनाथ आलोक र रामप्रसाद चौधरी मारिएका थिए । शेरबहादुर देउवा लगायत १७ जना नेता कार्यकर्ता सख्त घाइते भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्