रियल र बार्सिलोनाबीच जुहारी, लिभरपुलको आशा कायम


लन्डन, फर्नान्डो टोरेजले दुई गोल गरेपछि लिभरपुलले आइतबार राति सन्डरल्यान्डलाई ३-० ले हराएर आगमी सत्रको च्याम्पियन्स लिगमा चयन हुने सम्भावनालाई कायम राखेको छ ।स्पेनका अन्तर्राष्ट्रिय स्ट्रइकरले खेलको तेस्रो मिनेटमा र ६० औँ मिनेटमा गोल गरेका थिए । लिभरपुलका लागि दोस्रो गोल ग्लेन जोन्सनको नाममा रहृयो । टिमले राम्रो खेलेकाले मैले गोल गर्न सकेँ, आशा गरौँ सर्वश्रेष्ठ गोल अझै आउन बाकी छ, अझै छ खेल खेल्नु छ, हामी यसरी नै बाँकी खेलमा खेल्ने कोसिस गछौर्- टोरेजको प्रतिक्रिया छ ।यस नतिजासँगै लिभरपुल पि्रमियर लिगका पाँचौँ स्थानमा उक्लेको छ । चौथो स्थानमा रहेको टोटेनहामभन्दा लिभरपुल चार अङ्कले पछाडि छ । यसैगरी लिभरपुलले एक खेल बढी खेलिसकेको छ । अङ्क तालिकाको रेलिगेसन क्षेत्रमा रहेको बर्नली घरेलु मैदानमा ब्ल्याकबर्नसँग १-० ले हारेको छ । खेलको २० औँ मिनेटमा डेभिड डुनले पेनाल्टीमा गरेको गोल नै निणायक बनेको थियो । ३३ वर्षपछि गत वर्ष पि्रमियर लिगमा उक्लेको बर्नली यस सत्रमा नै रेलिगेसनमा पर्ने सम्भावना देखिएको छ ।

स्पेन

रियल म्याडि्रडले ‘डर्बी’ खेलमा पछाडि परेर पनि एट्लेटिको म्याडि्रडलाई ३-२ ले हराएर स्पेनिस लिगमा आप\mनो शीर्ष स्थानमा कायम राखेको छ । गत विजेता बार्सिलोनाभन्दा रियल राम्रो गोल अन्तरले मात्र अगाडि छ ।

खेलको दसौँ मिनेटमा नै जोस एन्टोनियो रेइजले घुमाउरो प्रहारद्वारा गोल गरेपछि रियल पछाडि परेको थियो । उत्तरार्द्धको चौथो मिनेटमा जाभी अलोन्सोको गोलबाट रियलले खेल बराबर गर्‍यो । खेलको ५५औँ मिनेटमा अलोन्सोले लामो दूरीबाट मिलाइदिएको पासमा अल्भारो आर्बेलियोले र गोन्जालो हिगुयनको गोलले रियलले जित हासिल गरेको थियो । खेलको ६८औँ मिनेटमा डिएगो फोर्लानले पेनाल्टीमा गोल गरेपछि खेल बराबर भएको थियो तर हिगुयनले यस सत्रमा आपनो २३आै गोल गरेपछि रियलको तीन अङ्क कतै गएन ।

लगातार १२ जित हासिल गर्ने रियलले सन् १९९९ पछि स्पेनको राजधानीमा ‘डर्बी’ भिडन्त हारेको छैन ।

इटाली

इटालियाली सिरि ए मा लाजियोँसग घरेलु मैदानमा १-१ ले बराबरीमा रोकिएर एसीमिलानले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । सात राउन्ड बाँकी रहेको सिरि ए मा इन्टर मिलान ६३ अङ्क बनाएर शीर्ष स्थानमा छ । एक दिन अगाडि इन्टरलाई २-१ ले हराउने एएस रोमा ६२ र एसी मिलान ६० अङ्कमा छन् ।

यसैगरी युभेन्टसले चार खेलपछि जित हासिल गर्ने क्रममा एट्लान्टालाई २-१ ले हराएको छ । युभेन्टन चौथो स्थानमा रहेको छ ।

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.