औद्योगिक सुरक्षाबल गठन गर्ने निर्णय


(काठमाडौं), लामो समयदेखिको उद्योग-व्यवसायीको मागलाई सम्बोधन गर्दै सरकारले मंगलबार औद्योगिक सुरक्षाबलको गठन गर्ने निर्णयगरेको छ।व्यवसायीहरूले सुरक्षाको प्रत्याभूति नदिए औद्योगिक प्रतिष्ठानमा ताला लगाएर प्रधानमन्त्रीलाई तालाचाबी बुझाउने चेतावनी दिएका थिए।सरकारले औद्योगिक सुरक्षा बलको गठन गर्ने नीतिगत निर्णयगरे पनि यसका लागि आवश्यक ऐन र नियमावली भने बन्न बाँकी रहेको छ। यससम्बन्धी थप प्रक्रियागत व्यवस्था मन्त्रिपरिषद्को राजनीतिक समितिले गर्ने कानुनमन्त्री प्रेमबहादुर सिहंले नेपाल समाचारपत्रलाई बताउनुभयो। सुरक्षाबलमा प्रारम्भमा सशस्त्र प्रहरी बलबाट करिब २ हजार ५ सय सुरक्षाकर्मी पठाइने भएको छ भने आवश्यकताअनुसार थप गर्दै लैजाने नीति सरकारले लिएको छ। औद्योगिक सुरक्षाबल गठनका लागि नै नेपाल सरकारले करिब ५ हजार नयाँ सुरक्षाकर्मी भर्ना गर्न सशस्त्र प्रहरीलाई दरबन्दी स्वीकृत गरिसकेको छ।
औद्योगिक सुरक्षाबलमा सशस्त्र प्रहरीलाई परिचालित गर्ने निर्णयहुनुअगाडि नेपाल प्रहरीले उद्योगी-व्यवसायीहरूलाई प्रभावमा पार्नसमेत प्रयास गरेको थियो र सो बलमा आफ्नो संगठनबाट सुरक्षाकर्मी खटाउन लबिङ गरेको थियो तर सफल हुन सकेन। सीमासुरक्षाको समेत जिम्मेवारी पाएको सशस्त्र प्रहरी बललाई अहिले सरकारले जिम्मेवारी बढाउँदै लगेपछि पुरानो सुरक्षा संगठन नेपाल प्रहरीलाई असजिलो हुँदै गएको छ र औद्योगिक सुरक्षाबल गठन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षासमेत सशस्त्र प्रहरीको हातमा जाने भएको छ। सीमासुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बललाई नै अन्तर्राष्ट्रिय विमानस्थलको समेत सुरक्षाको जिम्मेवारी सुम्पिने तयारीमा सरकार पुगिसकेको स्रोतले जानकारी दियो।
देशमा उद्योगी-व्यवसायीको हत्या, अपहरण, चन्दा असुलीजस्ता गतिविधि बढेपछि उद्योग-व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको कारण देखाउँदै लामो समयदेखि उद्योगी-व्यवसायीले सो बलको गठनको माग गर्दै आएका थिए। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका पदाधिकारीहरूले गत फागुन १८ गते एक महिनाभित्र औद्योगिक सुरक्षा बल गठन’bout प्रस्ताव लैजान प्रधानमन्त्री माधवकुमार नेपालसँग आग्रह गरेका थिए भने प्रधानमन्त्री नेपालले मन्त्रिपरिषद्को बैठकपूर्व मंगलबार पनि उद्योगी-व्यवासायी, सम्बन्धित मन्त्रीहरू र सचिवहरूसँग सामूहिक छलफल गर्नुभएको थियो।
महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले नेपाल समाचारपत्रसँग कुरा गर्दै औद्योगिक सुरक्षा बलको गठन गर्ने निर्णयो स्वागत गर्नुभयो। उहाँले यसको तत्काल कार्यान्वयनको माग गर्दै सो निर्णयकार्यन्वयन भएपछि औद्योगिक क्षेत्रले ठूलो राहत पाउने बताउनुभयो।
देशमा औद्योगिक क्षेत्र असुरक्षित भएपछि उत्पादनमा ह्रास आई देशको कुल गाहर्स्र्थ्य उत्पादनमा यस क्षेत्रको योगदान १० प्रतिशतबाट घटी ६ दशमलव ७ प्रतिशत कायम भएको छ। यसै गरी चालू आर्थिक वर्षा पनि औद्योगिक उत्पादन संकुचन आउने देखिएको छ। चालू आवमा औद्योगिक उत्पादन वृद्धि शून्य दशमलव शून्य ७ प्रतिशतले मात्र बढ्ने भएको छ। हाल उत्पादनमूलक क्षेत्रको वृद्धि २ प्रतिशतभन्दा कम रहेको छ।
मगंलबार महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको उद्योगी-व्यवसायी प्रतिनिधिमण्डले प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटी शान्तिसुरक्षा, औद्योगिक सुरक्षा बल गठन, बन्दहडताललाई कानुनी बन्देज लगाउने, बैंकको चर्को ब्याजदर घटाउन, उद्योग व्यवसायलाई लोडसेडिङ मुक्त राख्ने विषयमा सरकारका तर्फाट तत्काल ठोस निर्णयगर्न आग्रह गरेको थियो। निजीक्षेत्रले मुलुकमा औद्योगिक विकास तथा विस्तारका लागि सरकारसमक्ष राखेको सम्पूर्ण मागमध्ये अधिकांश माग मन्त्रिपरिषद्ले पूरा गर्ने निर्णयगरेको छ।

निजीक्षेत्रले प्रधानमन्त्री नेपालसँग मुलुकमा शान्तिसुरक्षाको भरपर्दो व्यवस्था, औद्योगिक सुरक्षाबल गठन, ऊर्जा संकटबाट उद्योग व्यवसायलाई राहत दिन औद्योगिक कोरिडोरहरूमा छुट्टै फिडरको व्यवस्था, डिमान्ड शुल्क खारेजीको निर्णय क्याप्टिभ जेनेरेटर प्लान्ट सञ्चालनका लागि आयल निगमको खरिद मूल्यमा डिजेलको व्यवस्था, विराटनगर र हेटौंडाको मल्टीफ्युल प्लान्ट सञ्चालनका लागि निजीक्षेत्रलाई जिम्मेवारी दिनुपर्ने, बैकिङ क्षेत्रबाट लिइँदै आएको चर्को ब्याजदरबाट उद्योगहरू थप पीडित भएकाले तत्काल सहुलियत दिनुपर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षा गराएको थियो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.