काठमाडौ, चैत्र १७ – विभिन्न राजनीतिक दल सम्बद्ध दश युवा संगठनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्न अभिब्यक्ति दिने पूर्व राजा ज्ञानेन्द्र शाहलगायतलाई दिइएको सबै सरकारी सुविधा फिर्ता लिन र गिरफ्तार गरी कारवाही गर्न माग गरेको छ ।
दश युवा संगठनको मंगलबार बसेको संयुक्त बैठकले हालै शाह र पूर्व प्रधानमन्त्री कृष्णप्रसदा भट्टराईले दिएको अभिब्यक्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माण प्रकृयालाई असफल पार्ने उद्देश्यले आएको निष्कर्ष निकालेको छ ।
शाहले हालै जनकपुरमा राजतन्त्र समाप्त भइसकेको भन्ने कुरा भ्रम मात्र रहेको उल्लेख गरेका थिएभने भट्टराई आइतवार बिज्ञप्ति जारी गरी संविधान नबन्ने पक्का भएको उल्लेख गर्दै ०४७ सालको संविधानलाई पुर्नजीवित गर्न आह्वान गरेका थिए । साथै संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई आयतित पोशकको संज्ञासमेत दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्