जय आले, कुवेत
कुवेतमा संचालन हुने एसीसी एलाइट ट्रफी २०१० मा सहभागिता जनाउन नेपाली क्रिकेट टिमको “पूर्व सूचना अनुसार” गल्फ एयरको उडान नं. GF-215 बाट आज २९ मार्च २०१० को दिन, बेलुकीको ५.१५ बजे कुवेत आगमन भएको छ ।
क्याप्टेन पारस खड्का सहित १६ जना खेलाडिहरुको टोलिमा टिम कोच सुरेश पाण्डे र टिम मेनेजर बिनोद मैनाली हुनुहुन्छ । तर अर्का एकजना खेलाडि ज्ञानेन्द्र मल्लको भिसामा केही समस्या दिखिएकोले वहाँ आज यो टोलिसँग आउन सक्नु भएन र वहाँको भोली ३० मार्चमा आगमन हुने जनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्