Daily Archives: 26/03/2010

झडपमा एक दर्जन गाउँले घाइते


विमल खतिवडा, पर्वत

चैत्र १२ – भोर्ले गाविसमा बिहीबार साँझ सर्बसाधरण वीच आपसमा झडप हुँदा एक दर्जन गाउँलेघाइते भएका छन् । बुधबार स्याङजाको वालिङबाट घर फर्कंदै गरेका पाखापानी-४ का चेतन सेनलाई भोर्ले-८ का युवाहरुले कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटको विषयलाई लिएर पाखापानीबाट डेढ सयको संख्यामा आएका गाउँले र भोर्लेवासीवीच दोहोरो झडप भएको प्रत्यक्षदर्शी गोपाल भुषालले टेलीफोनमार्फत जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

गल्ती गरेको भए सजय भोग्न तयार छु


काठमाडौं/ दक्षिण एसियाली खेलकुदका कीर्तिमानी खेलाडी दीपक विष्टले आफूले गल्ती गरेको भए जस्तोसुकै सजाय भोग्न पनि तयारी भएको बताएका छन् । बिहीबार सिंगापुरमा युथ ओलम्पिक खेलकुद प्रतियोगिताको बैठकमा भाग लिएर फर्केपछि उनले सो कुरा बताएका हुन् । उनी चार दिनअघि नेपालको प्रतिनिधित्व गर्दै सेभ द मिसनका रूपमा सिंगापुर गएका थिए ।
नेपाल तेक्वान्दो संघ तथा राष्ट्रिय खेलकुद परिषद्लाई कुनै जानकारी नदिई त्यसतर्फ गएका कारण उनलाई कारबाही गरिएको थियो। संघले दीपकलाई केन्द्रीय सदस्य र खेलाडी संरक्षण समितिको सचिवबाट निलम्बन गरेको छ । संघकै बाटो पछ्याउँदै परिषद्ले उनलाई एक वर्ष प्रतिबन्ध लगायो । संघ तथा परिषद्ले स्टार खेलाडीमाथि कारबाही गर्दा यतिखेर खेलकुद क्षेत्रमा ठूलै भूकम्प चलेको छ । सिंगापुर पुग्दा आफूलाई कारबाही गरेको सुन्दा निकै दुःखी भएको उनले बताए। ‘मुलुकका लागि जीवन अर्पण गरेको खेलाडीमाथि नै कारबाही गरेको सुन्दा निकै दुःखी भएँ,’ उनले भने । नेपाल ओलम्पिक कमिटी (एनओसी) को लहलहैमा लागेर सिंगापुर गएर दीपकले ठूलो गल्ती गरेको जनाउँदै संघ र परिषद् थप कारबाही गर्ने प्रक्रियामा छन्। पढ्नेक्रम जारी राख्नुहोस्

लोडसेडिङ हटाउन प्राधिकरण घेराउ


काठमाडौँ, चैत १३- लोडसेडिङ हटाउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनले नेपाल विद्युत् प्राधिकरण, केन्द्रीय कार्यालयमा धर्ना दिएको छ। उद्योग र सर्वसाधारणलाई मार परेकाले लोडसेडिङ तत्काल हटाउन र यो समस्याप्रति सरकारलाई गम्भीर बनाउन प्राधिकरण घेरिएको भनाइ उनीहरुको छ।उनीहरुले एक घन्टा धर्ना दिएका थिए।

आगलागीमा ७० लाख बढीको क्षति


इटहरी, चैत १३ सुनसरीको दुहवीमा शुक्रबार बिहान भएको आगलागीमा ७० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
दुहवी-१ प्रार्सटोकीका मुर्तुजा मियाँको ग्वाली घरबाट बिहान ४ बजे सल्किएर भएको आगलागीमा बस्तीका २७ वटा घर र ग्वालीघर जलेकोप्रहरीले जनाएको छ।आगलागीबाट घर, लताकपडा, खाद्यान्न लगायतका सामान जलेको छ। प्रहरीका अनुसार आगलागीबाट रहमत मियाँ, कलाउदिन मियाँ, इव्रेल मियाँ र इसालम मियाँको बढी क्षेती पुगेका छ।आगलागीलाई इटहरी, धरान, बिराटनगर, इनरुवाको बारुणयन्त्रले साढे तीन घण्टामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक

डिभिजन लिग पुलिसलाई पछ्याउँदै एनआरटी


जावलाखेलमाथि ४-३ को जित दर्ता गर्दै एनआरटी बिहीबार सहिद स्मारक सानमिगेल ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । सयन मोसाभीको ह्याटि्रक सहयोगमा एनआरटीले नवौं चरणको समाप्तिमा २० अंक जोडेर शीर्षस्थानमा रहेको पुलिससँगको दूरी एक अंकमा छोट्याएको छ । थ्री-स्टारलाई पछि पार्दै उसले एक स्थान फडको मारेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

शिक्षक-विद्यार्थीसहित चार जोडी पक्राउकान्तिपुर संवाद्‍दाता


प्रहरीले गट्ठाघरका केही क्याफे तथा रेस्टुरेन्टमा अश्लिल गतिविधि गरेको आरोपमा शिक्षक विद्यार्थीसहित चार जोडीलाई पक्राउ गरेको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत्त ठिमीले छापा मारेर रंगेहात पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक राधिका खडकाका अनुसार गेस्ट हाउस सञ्चालकलाई समेत नियन्त्रणमा लिएको छ । उनले बनेपाको चैतन्य बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत छात्रा, ठिमीको श्रद्धा नर्सिङ कलेजमा पहिलो वर्षमा अध्ययनरत छात्रा, युनिभर्सल कलेजकी १२ कक्षामा पढ्दै गरेकी छात्रालाई नियन्त्रणमा लिएको खड्काले बताइन् । पढ्नेक्रम जारी राख्नुहोस्

मेरो मोबाइल अब एनसेल


अबदेखि मेरो मोबाइललाई एनसेलको नामले चिनिनेछ । राष्ट्रको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी मेरो मोबाइलले ब्रान्ड नाम परविर्तन गरेर एनसेल राखेको हो । तर, कम्पनीको नाम भने स्पाइस नेपाल नै रहनेछ । पुरानो मेरो मोबाइलको पहेँलो र रातो रंगको ठाउँमा गाढा प्याजी रंगको हाइटेक पत्थर अंकित नयाँ प्रतीक चिह्न राखिएको छ ।

फागुन २८ गते पत्रकार सम्मेलनमार्फत कम्पनीले नाम र लोगो परविर्तन गर्दै सेवालाई परमिार्जित गर्दै लैजाने जनाएको थियो । युरोपको पाँचाँै ठूलो दूरसञ्चार कम्पनी टेली सोनेराले नेपालमा बजार विस्तार गर्ने उद्देश्यले डेढ वर्षअघि स्पाइस नेपालको सेयर किनेको थियो । कार्यक्रममा एनसेलले सस्तो र सुलभ मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्ने र पूर्वाधार विकासमा लगानी बढाउँदै लैजाने बताएको छ ।