Daily Archives: 24/03/2010

तीन महिनाअघि प्रेम विवाह गरेकी युवतीको रहस्यमय मृत्यु


अमर खड्का, इटहरी, चैत ९- तीन महिनाअघि मात्र प्रेम विवाह गरेकी एक युवतीको सोमबार अपराह्न रहस्यमय मृत्यु भएको छ। इटहरी-४ का २० वर्षीय अकाश लिम्बूसँग भागेर प्रेम विवाह गरेकी धरान-१४ की १८ वर्षीया सपना चाम्लिङको यसरी मृत्यु भएको हो। पुस पहिलो सातादेखि घर छाडेर हिँडेकी सपनाको आफन्तसँग कुनै सम्पर्क थिएन। एक्कासि सपना साह्रै बिरामी भएको खबर टेलिफोनबाट पाइयो, टेलिफोनमा अस्पताल आउनु भन्ने खबर थियो’, सपनाका दाजु राज चाम्लिङले भने-  अस्पताल पुग्दा त बहिनीको मृत्यु भैसकेको रहेछ।सपनाको माइती पक्षसँग सम्पर्क नभए पनि आकाशले भगाएर बेपत्ता पारेको पुस दोस्रो साता इलाका प्रहरी कार्यालय धरानमा जाहेरी परेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

शोकमा सेनाले मनायो चैतेदसैं


काठमाडौ,मुलुकले राष्ट्रिय झन्डा आधा झुकाएर पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनमा शोक मनाइरहेका बेला मंगलबार नेपाली सेनाका देशभरिका ब्यारेकमा भने खुसियालीसाथ पूजापाठ र भोजभतेर गरिएको छ । सेनाले उक्त भोज चैतेदसैंका अवसरमा विगतमा झंै मनाएको जनाएको छ ।   मुलुकका चारवटै सुरक्षा निकायले दसैंको अष्टमीका दिन मौला र निसान पूजा का नाममा बलि दिएर भव्य भोज गर्ने चलन छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरकारले राष्ट्रिय शोक घोषणा गरेकै दिन देशभरि परिपत्र पठाई तीन दिन पूजापाठ र बलि चढाउने कार्य नगर्न भनेका थिए । दुवै निकायले परम्पराअनुसार अष्टमीका दिन बलि चढाउन नपाएकामा क्षमा पूजा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दीपक प्रतिबन्धित


चर्चित खेलाडी दीपक बिष्टलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबाट मंगलबार एकवर्षे प्रतिबन्ध लगाएको छ । नेपाली खेल इतिहासमा चर्चित खेलाडीमाथि गरिएको यो सर्वाधिक ठूलो कारबाही हो ।
दीपकलाई सिंगापुरमा चार महिनापछि हुने युथ ओलम्पिकको सेफ द मिसन बैठकमा राखेप ऐनविपरीत भाग लिन गएको आरोपमा कारबाही गरिएको हो । उनी सोमबार सिंगापुर गएका थिए । ऐनविपरीत सेफ द मिसनका रूपमा गएकाले कारबाही गरेका हौं राखेप उपाध्यक्ष पीताम्बर तिमल्सिनाले भने उनले परिषदलाई कुनै जानकारी दिएनन् । सेफ द मिसन चयन गर्ने काम परिषदको हो । ओलम्पिक कमिटिको भनाइमा लागेर गलत कार्य गरेका छन् । उनले आकस्मिक बसेको बैठकमा बहुमत सदस्यको उपस्थिति रहेको बताए । उक्त निर्णय बोर्डमा अनुमोदन गरिने जानकारी पनि दिए । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा खुल्ला नेपाली एकल गायन र नृत्य प्रतियोगिता हुने


बुधबल तमू
मार्च २२ दोहा, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५५४औं जन्म जयन्तीको अवसरमा कतारमा नेपाली कला र संस्कृतिलाई माया गर्ने प्रतिभावान नेपाली कलाकारहरु विच खुल्ला नेपाली एकल गायन र नृत्य प्रतियोगिता हुने भएको छ । तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू साँस्कृतिक परिवार कतारको गत १८ मार्च विहिवारका दिन बसेको बैठकले यस प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।
पढ्नेक्रम जारी राख्नुहोस्

छोरा जन्मिएको खुसी एचआईभीले उर्डाईदियो…


कैलाली जिल्लाको चौमाला गाविस-२ की मनमती साँउद (नाम परिवर्तन) ले तेस्रो सन्तानको रुपमा छोरालाई जन्म दिँदा उनको घरमा निकै खुसीयाली छाएको थियो । तर उनको घरमा त्यो खुसीयाली धेरैदिन रहेन । घरका सबै परिवारलाई निकै खुसीयाली पार्ने गरेर जन्मिएको छोरा आमाको पेटबाटै एचआइभी संक्रमित भएर जन्मिएपछि मनमतीको घरको खुसीयाली हराएर गयो । छोराको जन्म हुँदा पहिले नै आफु एचआइभी संक्रमित भएको उनलाई थाहा थिएन् । दुई बर्ष पहिले आफ्नो र छोराको रगत जाँच गर्दा दुबै आमा छोरा एचआइभी संक्रमित भएको थाहा पाएको उनले वताईन् । उनको छोरा अहिले छ वर्षको छ । पढ्नेक्रम जारी राख्नुहोस्