प्रेस विज्ञप्ति “हार्दिक श्रद्धान्जली”


वेद खरेल, अमेरिका

मार्च २० २०१० न्यूयोर्क, अमेरिका । नेपाली कांग्रेसका सभापति आदरणीय गिरिजाप्रसाद कोइरालाको निधनको खबरबाट म अत्यन्त दुःखित र मर्माहत भएको छु । यो शोकको घडीमा प्रजातन्त्रको पहरेदार सिपाहीको नाताले प्रजातान्त्रिक आन्दोलनका धरोहर स्वर्गीय कोइरालाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु । साथै शोक सन्तप्त परिवारजन एवं देश विदेशमा रहनु भएका नेपाली काँग्रेसका सबै शुभेच्छुक एवं समर्थकहरुमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै सबैप्रति समवेदना व्यक्त गर्दछु ।
 
नोबल शान्ति पुरस्कारका लागि मनोनित राष्ट्रनेता कोइरालाले राष्ट्रराष्ट्रियता र प्रजातन्त्रका पक्षमा पुर्याउनु भएको योगदान विश्व राजनीतिक माचमा सदा स्मरणीय रहनेछ । म यो घडी आदरणीय गिरिजाप्रसाद कोइरालाको कुशल नेतृत्व र अभिभावकीय भूमिकाको स्मरण गर्न चाहन्छु । उहाँले छाडेर जानु भएको सहमतिको राजनीति र शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर्याउने गहन जिम्मेवारी पुरा गर्न नेपाली काँग्रेस र अरु सबै राजनीतिक दलहरु अझ बढी जिम्मेवार र प्रतिवद्ध हुनेछन् भन्ने विश्वास समेत व्यक्त गर्दछु ।

तत्कालीन निरकुंश शाही शासनको विरुद्ध अमेरिकाबाट विश्वजनमत जुटाउन दिवंगत कोइरालाले प्रदान गर्नुभएको मार्गनिर्देशन र उहाँको ऊर्जाशील प्रेरणाको समेत म यो घडी स्मरण गर्न चाहन्छु । राजनीतिक अभिभावक कोइरालाले छोडेर जानु भएको जिम्मेवारी पुरा गर्न सबै शुभेच्छुकहरु सक्रि यतापूर्वक लागि पर्नु हुनेछ । राष्ट्रिय शोकको यो घडीमा दिवंगत नेता कोइरालाप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।
जय नेपाल ।

आनन्द विष्ट
पूर्व अध्यक्ष
नेपाली जनसम्पर्क समिति    

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.