एस्योरेन्स युनिटी लाईफ इन्टरनेशनल पव्लिक लिमिटेडको मूल नारा “एकै पटक ठूला काम गर्न सकिएन भने पनि साना साना कामहरूलाई उत्कृष्ट तरिकाले सफल बनाउन सकिन्छ र देश र जनताका लागि स्वास्थ्य निशुल्क” भन्ने उदघोषका साथ अगाडि बढेको यस कम्पनीको सेवा र सुविधा इजरायलमा रहनु भएका सम्पूर्ण नेपाली तथा इजरायलीहरूका बीच पु-याउने उद्देश्यका साथ एक बर्ष अगाडि स्थापित युनिटी लाईफ सिर्जनशील समूह, इजरायलको एक बर्षको कार्यकाल सफलता पूर्वक पार गरेको र यसैको उपलक्ष्यमा प्रथम साधारण सभा आज युनिटी लाईफ इन्टरनेशनल पब्लिक लिमिटेडको कार्यालय इजरायल, तेल अभिभको आफ्नै हलमा सुसम्पन्न गरियो । उक्त कार्यक्रम यस कम्पनीका इजरायल को अर्डिनेटर तथा युनिटी लाईफ सिर्जनशील समूहका अध्यक्ष हरि प्रसाद मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/03/2010
युनिटी लाईफ सिर्जनशील समूहको प्रथम साधारण सभा सम्पन्न
Posted in समाचार
कोइरालाको अन्तिम बिदाइ
(काठमाडौं), गृहयुद्धमा जानबाट जोगाएर नेपाललाई बहुदलीय लोकतन्त्रसहितको गणतान्त्रिक मुलुक बनाउन नेतृत्व गर्नुभएका नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालालाई आइतबार राजकीय सम्मानका साथ सदाका लागि बिदा गरिएको छ।
नेपाललाई शान्तिको बाटोमा प्रवेश गराउने प्रिय नेता कोइरालालाई जनआन्दोलनमा भन्दा बढी जनता सडकमा उत्रिएर श्रद्धाञ्जली व्यक्त गरेका थिए। जनताको छोरो भएर नेपालको पहिलो राष्ट्राध्यक्षको जिम्मेवारी सम्हाल्ने मौका पाउनुभएका कोइरालालाई लाखौं जनताले बिदाइ श्रद्धाञ्जली व्यक्त गरेपछि पशुपति आर्यघाटमा पुत्री सुजाता कोइरालाले दागबत्ती दिएर सदाका लागि बिदा गर्नुभएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
प्रेस विज्ञप्ति “हार्दिक श्रद्धान्जली”
वेद खरेल, अमेरिका
मार्च २० २०१० न्यूयोर्क, अमेरिका । नेपाली कांग्रेसका सभापति आदरणीय गिरिजाप्रसाद कोइरालाको निधनको खबरबाट म अत्यन्त दुःखित र मर्माहत भएको छु । यो शोकको घडीमा प्रजातन्त्रको पहरेदार सिपाहीको नाताले प्रजातान्त्रिक आन्दोलनका धरोहर स्वर्गीय कोइरालाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु । साथै शोक सन्तप्त परिवारजन एवं देश विदेशमा रहनु भएका नेपाली काँग्रेसका सबै शुभेच्छुक एवं समर्थकहरुमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै सबैप्रति समवेदना व्यक्त गर्दछु । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
नेपाली दूतावास कुवेतले संवेदना पुस्तिकामा हस्ताक्षर संकलन गर्ने
२२ मार्च २०१०, कुवेत । नेपालको प्रजातान्त्रिक आन्दोलन देखी संघिय लोकतान्त्रिक जन-आन्दोलनसम्म आफुलाई निस्वार्थ: समर्पण गर्नु हुने राजनेता नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको निधनप्रति मर्माहत बन्दै हालै मात्र कुवेत नगरीमा स्थापित नेपाली राजदूतावास कुवेतले हार्दिक श्रद्धाञ्जली अर्पणको निम्ती संवेदना पुस्तिकामा कुवेतवासी नेपालीहरुको हस्ताक्षर संकलन गर्ने व्यवस्था मिलाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दूतावास गतिविधि, सूचना