Daily Archives: 21/03/2010

गिरिजाबाबुको अन्तिम दाह संस्कार सम्पन्न


नेपाली कांग्रेसका सभापति एव‍म पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको साँझ आर्यघाटमा अन्त्यष्टी सम्पन्न गरिएको छ । उहाँको पार्थिव शरीर पशुपति पुर्‍याइए पछि विशिष्ठ कक्षमा तयार पारीएको चितामा उहाँकी छोरी तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले दागबत्ति दिनुभएको थियो ।

उक्त अवसरमा प्रधानमन्त्री माधवकुमार नेपाल, विपक्षी दलका नेता प्रचण्डलगायतका प्रमुख राजनीतिक दलका नेता, मन्त्रीगण, सभासद्‍, उच्च पदस्थ सरकारी कर्मचारीहरु, विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरु, भारतबाट आउनु भएका विशिष्ठ पाहुनाहरुका साथै ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय धुनसँगै कोइरालाको शवयात्रा सुरु/शवयात्रा गौशलातिर


राजनेता गिरिजाप्रसाद कोइरालाको शवयात्रा सुरु गरिएको छ । उहाँ शवयात्रा राष्ट्रिय धुन बजाएर शुरु गरिएको हो । बिहान श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा ल्याइएका कोइरालाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिएपछि शवयात्रा सुरु गरिएको हो । कोइरालाप्रति अन्तिम श्रद्धाञ्जली दिन जनसागर उर्लिएपछि २ बजेबाट गर्ने भनिएको शवयात्रा एक घण्टा बढाएर तीनबजेबाट सुरु गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय प्रतिनिधिमण्डलद्वारा स्व. कोइरालाप्रति श्रद्धाञ्जली अर्पण, पाकिस्तानी प्रधानमन्त्री र राष्ट्रसँघीय महासचिवद्वारा शोक व्यक्त


राजनेता स्व. गिरिजाप्रसाद कोइरालाको पार्थिव शरिरमा भारतीय नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । उनीहरुले सभापति कोइरालालाई पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भारतीय कांग्रेसका नेता डिबी त्रिपाठीले कोइराला नेपालको मात्रै नभएर दक्षिण एसियाकै महान नेता भएको बताउनुभयो । उहाँले कोइरालाको निधनले नेपाल अविभावक बिहीन भएको बताउँदै कोइरालाको खाचो अझै नेपालमा भएको बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

एलसीडी टीभीमा भन्सार चर्को


काठमाडौ, विदेशमा रगत पसिना बगाएर पैसा पठाउनेहरूको कारण उनीहरूको घरखर्च मात्र मात्र चलेको  छैन, मुलुककै अर्थतन्त्र धानिएको । तर यसरी मुलुकको अर्थतन्त्र धानेका गरिबलाई मुलुकले  के दिएको भनेर सोध्दा सास्ती र  हैरानीभन्दा गल्ती नहोला । विदेशमा कमाएको पैसा बचत गरेर घरका लागि एकथान एलसीडी टेलिभिजन ल्याउँदा राज्यले चर्को महसुल तिराउँछ । विदेशमा रहँदा प्रयोग गरेर थोत्रिएको एलसीडी ल्याउँदा पनि उत्तिकै राजस्व तिर्ने बाध्यता छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विदेशबाट र्फकदा ल्याइने नयाँ दर कायम गरेपछि एलसीडी ल्याउनेहरू मर्कामा परेका हुन् । खाडी मुलुकमा पसिना बगाइरहेका अधिकांश साथमा एलसीडी बोकेर र्फकन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संक्षिप्त जीवनी


काठमाडौ,  नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२५ अर्थात् वि।सं. १९८२ मा स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा जहानियाँ राणा शासनको विरोध गर्दा परिवार निर्वासन रहेका बखत भारतको बिहार राज्यको टेडी, सहर्षामा भएको थियो । उनले भारतबाट अंग्रेज धपाउने आन्दोलन नजिकबाट देख्ने मौका पाए र अल्पायुमा नै राजनीतिमा लागे । सन् १९५०-५१ को नेपालमा प्रजातन्त्र पुनर्बहालीको राजनीतिमा लागेका कोइराला सन् १९४७-४८ को विराटनगरको मजदुर हडतालमा सक्रिय सहभागी भए । पढ्नेक्रम जारी राख्नुहोस्

कोइराला नहुँदा


माओवादी आफ्ना मान्यतामा फर्किन खोज्दा जोसुकै भए पनि शान्ति-प्रक्रिया पूरा हुँदैन, उनीहरुले आफ्ना मान्यतामा पुनर्विचार गरी गरेको सम्झौतामा प्रतिबद्ध भए कोही नहुँदा पनि त्यसको कार्यान्वयन हुन्छ गिरिजाप्रसाद कोइराला इतिहासको लामो कालखण्डदेखि नेपाली राजनीतिमा क्रियाशील पात्र थिए । लामो समयसम्म प्रजातान्त्रिक आन्दोलनको निरन्तरता र हस्तक्षेपको राजनीतिक स्वभावले पनि उनको अनुपस्थितिले राजनीतिमा केही प्रभाव त पार्छ नै । तर, उनी क्रियाशील हुने र नहुने कुराले दूरगामी तल-वितल नै पर्छ होलाजस्तो मलाई लाग्दैन । राजनीतिज्ञहरुले दूरगामी प्रभावका लागि दिने दृष्टिकोणका आधारमा उसको अनुपस्थितिको प्रभाव नाप्न सकिन्छ । राजनीतिक दृष्टिकोणले प्रभावित पार्नेभन्दा पनि आफ्नो राजनीतिक निरन्तरताका कारण समकालीन राजनीतिमा कोइरालाको प्रभाव रहेको हो । त्यसैले उनी सक्रिय हुँदा र नहुँदा एमालेसँगको सम्बन्ध मात्र होइन, समग्र राजनीतिमा पनि खासै अन्तर आउलाजस्तो मलाई लाग्दैन । पढ्नेक्रम जारी राख्नुहोस्