नक्कली भारुसहित पाकिस्तानी पक्राउ


३० लाख नक्कली भारतीय रुपियाँसहित पाकिस्तानी महिला पाक मारियम सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छिन्। पाकिस्तानको कराँचीबाट उडेको पाकिस्तान एयरलाइन्सबाट विमानस्थलमा ओर्लनासाथ अपरा³न ४ बजे उनलाई प्रहरी प्रधान कार्यालयको प्रतिआतंकवाद सेलले पक्राउ गरेको हो। उनले साथमा ल्याएको नक्कली भारतीय रुपियाँलाई भन्सार छली नेपाल भित्र्याउन सहयोग गरेको आरोपमा नेपाल प्रहरीका जवान जितेन्द्र गिरीलाई पनि नियन्त्रणमा लिइएको छ।

विमानस्थल प्रहरीका अनुसार बिस्कुटको कार्टुनमा एक हजार दरका ५ लाख र ५ सय दरका २५ लाख रुपियाँ कपडाले बेरेको अवस्थामा बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रमेशशेखर वज्राचार्यले जानकारी दिनुभयो। पाकिस्तानबाट नक्कली भारतीय रुपियाँ नेपाल हुँदै भारत जान लागेको जानकारी पाएपछि प्रतिआतंकवाद सेलले विमानस्थलको सुरक्षाका लागि खटिएको प्रहरीलाई समेत जानकारी नदिई खोजी गरेको थियो।

६५ वर्षीया मारियमले भारतीय रुपियाँ कसलाई दिन ल्याएकी थिइन् भन्ने सूचनाहरू प्रहरीले पत्ता लगाएको भए पनि सार्वजनिक गरेको छैन। मारियमको बयानको आधारमा प्रहरीले थप अनुसन्धान शुरू गरिसकेको छ। पक्राउ परेकी मारियम नक्कली रुपियाँ ल्याउने भरिया मात्र भएको र यसको गिरोह राजधानी काठमाडौंमा नै रहेको जानकारी हासिल गरेपछि प्रहरी गिरोहको खोजीमा जुटेको बताइएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.