दैनिक ठगिन्छन् उपभोक्ता


चैत्र ३ – आइतबार मध्य दिनमा ज्ञानेश्वरका कपिल शर्मा घट्टेकुलोबाट अनामनगरतिर १ सय ५० सिसीको मोटरसाइकल डोर्‍याउँदै थिए । मैतीदेवीको मोडैनेर पन्चर भएको मोटरसाइकल बत्ती नभएका कारण दुईवटा वर्कसपमा टाल्न नसकेपछि अर्कोको खोजीमा थिए । ‘बत्ती नभएपछि हावा हाल्न नसकिने हुँदा कसैले टाल्न मानेनन् पसिना पुछ्दै उनले भने ।यति मात्रै होइन पन्चर हुन एकछिनअघि मात्रै उनले मैतिदेवीमा इन्धन भर्दा प्रतिलिटर ८० रुपैयाँ तिर्नुपर्‍यो । ‘एकछिन अघिसम्म ७७ रुपैयाँ रहेको पेट्रोल त एकैछिनमा ८० पो पुगेछ,’ उनले थपे, ‘के हो बुझ्नै सकिएन । आइतबार फेरि एकपल्ट आयल निगमले खुसुक्क इन्धनको मूल्य बढाएको थियो । हिजोआज आयल निगमले इन्धनको मूल्य बढाउँदा प्रेसलाई जानकारी गराउँदैन । ‘तेलको मूल्य बढाउँदा पहिले प्रेसलाई जानकारी गराउँदा बबाल हुने रहेछ,’ निगम र वाणिज्य मन्त्रालयका पदाधिकारीहरू भन्छन्, ‘खुसुक्क बढायो कसैलाई मतलव छैन, आनन्दै भएको छ ।’ निगमको अपारदर्शिता, गैरजिम्मेवारीपन र उपभोक्ताप्रतिको उदासीनताको ठूलो नमुना हो यो भनाइ ।

२७ औं उपभोक्ता दिवसको एक दिन अगाडि शर्माले भोग्नुपरेको सास्ती आम नेपालीको दैनिकी हो । केही समयअघि ग्यास बिक्रेताले हडताल गरे । हडताल त खुलेको छ तर उपभोक्ताले ग्यास पाउन सकेका छैनन् । ‘अझै ग्यास पाउन व्यापारीहरूको चाकरी नै गनर्ुपर्छ,’ धुम्बाराहीका रामप्रसाद खड्का भन्छन् ।

दिनको १२ घन्टा बिजुली हुँदैन । ‘परीक्षा आइसक्यो, बिजुली नभएर आँखा नै दुखिसक्यो,’ हाल राजधानीमा एसएलसीको तयारी गरिरहेका महेन्द्रनगरका भुवन ओझा भन्छन् ।  आधा काठमाडौंवासीले सरकारले दिने खानेपानी पाउँदैनन् । तर पानी र बिजुलीको महसुल भने निरन्तर बुझाइरहनुपर्छ ।

‘लोडसेडिङका कारण र केही हदसम्म निहुँसमेत पारेर दैनिक उपभोग्य वस्तु, सेवा, निर्माण सामग्रीलगायत सबैको अप्राकृतिक मूल्य वृद्धिको थप भार उपभोक्तामा परेको छ,’ उपभोक्ता हित संरक्षण मञ्चका रमेश पौडेलले सोमबार आयोजित एक कार्यक्रममा भने ।

मोबाइल फोन गुणस्तरीय नहुनु त चिया गफको विषय मात्रै हो । ‘उपभोक्ताले पैसा तिरेपछि गुणस्तरीय सेवा पाउनुपर्छ भन्ने कुरामा कसैको ध्यान नै छैन,’ बानेश्वरको व्यस्त चोकमा गाउँबाट आएका आफन्तलाई कुरिरहेका र आएको फोन नसुनेपछि आक्रोश पोख्दै योगेश लामिछाने भन्छन् ।

औषधि उपचारका लागि अस्पतालमा पनि हडताल हुनु सामान्य भइसक्यो । अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिकबाहेक अन्य सेवा बन्द छन् । कहिले बिरामी निको नभएको निहुँमा त कहिले कर्मचारी, डाक्टरहरूको माग पूरा नभएको बहानामा पछिल्लो समयमा अस्पतालमा पनि हडताल हुनु सामान्य भइसकेको छ ।

विकसित मुलुकहरूमा देखिने खाद्य पदार्थको गुणस्तर, उत्पादन र उपभोग गर्न मिल्ने मिति, उपभोक्ताको सूचनाको अधिकार आदि चासोका विषय’bout हामीकहाँ कुनै सोधखोज नै हुँदैन । दुर्गम कर्णाली र सुदूरपश्चिमका बासिन्दाका लागि चामल र नुन पाउनु नै ठूलो भाग्य हुने गरेको

छ । ‘भोटको नुन परदेशको चामल खाइ दिन बित्न्या भ्या’ केही समय अघि मुगु राराताल छेवैको माझघट्ट गाउँका माधव लामिछानेले स्थानीय भाकामा सुनाएको गीतले त्यहाँको पीडा प्रतिविम्बित गर्छ ।

सरकारले आपूर्तिको व्यवस्थालाई सहज बनाउन आपूर्ति नीति बनाउने र विभाग नै गठन गर्ने भनेको एक वर्ष नाघिसक्यो । दुर्गम गाउँमा खाद्य वस्तु पाउनु नै ठूलो भएकाले गुणस्तरीयता’bout प्रश्न उठाउन सक्ने त हैसियत नै भएन ।

खाद्यान्नलगायत अन्य उपभोग्य वस्तुको मूल्य दैनिकजसो आकासिँदै छ । गत वर्ष नै १४ दशमलव ४ प्रतिशतले बढेको बजार भाउ यस वर्षको पुसमा थप १२ प्रतिशतले आकासिएको छ । खाद्यान्नको बजारभाउ १८ प्रतिशतले बढेको छ । चिनीको मूल्य भने ८० प्रतिशतले बढ्यो । दालको मूल्य ३५ प्रतिशतले बढेको छ ।

‘सरकारी उदासीनता नै बारम्बार उपभोक्ता ठगिनुको प्रमुख कारण हो,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन् । झन्डै आधा दर्जन कानुनले उपभोक्ताको हित संरक्षण’bout बोलेका छन् । आवश्यक पदार्थ नियन्त्रण ऐन, २०१७, कालो बजार ऐन, २०३२, उपभोक्ता संरक्षण ऐन, २०५४ र प्रतिस्पर्धा ऐन, २०६३ ले उपभोक्ता अधिकार’bout प्रत्यक्ष प्रावधान राखेका छन् । यी सबै कानुन कार्यान्वयन भने निकै कठिन हुने गरेको छ । ‘बजार अनुगमनदेखि कानुन कार्यान्वयन गर्न हामी प्रयत्न गरिरहेका छौं,’ वाणिज्य विभागका महानिर्देशक अनिल ठाकुर भन्छन्, ‘तर कार्यान्वयन जिल्ला प्रशासनबाट हुने र उसले अन्य काम गर्नुपर्ने भएकाले कठिनाइ भने भइरहेको छ ।’

यसैगरी उपभोक्ता आफैं पनि सचेत हुनुपर्ने राय उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँको भनाइ छ । ‘कानुन पुराना भए, सरकारले ध्यान दिँदैन, उपभोक्ता पनि सचेत हुन सकेका छैनन्,’ उनले भने, ‘उपभोक्ताको हित सुरक्षित गर्न उजुरी दिने र कानुन कार्यान्वयन गर्ने छुट्टै निकाय चाहिन्छ ।’

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.