ललितपुरको उत्तरीभेगमा रहेको खोकना गाविसलाई नमुना गाविस बनाउन प्रहरी र स्थानीय बासिन्दा एकजुट भएर लागिपरेका छन्।
उपत्यकामा परापूर्वकालदेखि घोडेजात्रा मनाउने गरिएको भए पनि खोकनाका बासिन्दाले घोडेजात्रालाई बहिस्कार गर्दै आएका छन्। सोमबारको घोडेजात्राकै दिन पारेर खोकनाका स्थानीय बासिन्दाले आफ्नो गाविसलाई मदिरा र जुवातास क्षेत्रमुक्त बनाउन प्रहरीको नेतृत्व राखेर अभियान शुरू गरेका छन्।
सो क्षेत्रमा जुवातास खेल्न प्रतिबन्ध लगाउने र जथाभाबी रूपमा जाँड-रक्सी सेवन गरी समाजमा खलल पुर्याउने कार्यलाई निरुत्साहित गर्न अभियान सञ्चालन गरिएको खोकनाका अगुवा राजेन्द्र महर्जनले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्