Daily Archives: 13/03/2010

कुवेतमा अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिताको प्रथम चरणको खेल सम्पन्न


News updated in details, please view once (15.03.2010)

जय आले, कुवेत

१२ मार्च २०१० को दिन, कुवेतको मङ्गाफ भलिवल मैदानमा काली गण्डकी बचत समुह कुवेतको आयोजनामा संचालित अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिताको प्रथम चरणको खेल सम्पन्न भएको छ । कुवेतस्थित बिभिन्न कम्पनिमा कार्यरत १४ वटा नेपाली टिमहरुले यस टुर्नामेण्ट प्रतियोगिता) मा सहभागिता जनाएका छन र ति टिमहरुको नामावली निम्न बमोजिम छ । पढ्नेक्रम जारी राख्नुहोस्

चार दिनमा दुई अन्तर्राष्ट्रिय कीर्तिमान


फागुन २८-  दस दिनअघि युवा राष्ट्रिय टोलीमा पर्नुलाई नै सफलता मानेका १६ वर्षीय निश्चल पाण्डेले खेलेको चार दिनमै दुईवटा अन्तर्राष्ट्रिय कीर्तिमान राखिसकेका छन्। भैरहवा क्षेत्रबाट यही वर्षदेखि राष्ट्रिय क्रिकेटको स्वाद चाखेका चितवनवासी निश्चलले चार दिनअघि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रिँदा राम्रो बलिङ वा ब्याटिङ गर्नेसम्मको लक्ष्य राखेका थिए।
तर, तीनवटा अन्तर्राष्ट्रिय खेलको अनुभवसम्म आइपुग्दै उनको नाममा दुईवटा अन्तर्राष्ट्रिय कीर्तिमान जोडिइसकेका छन्। तीनवटै खेलमा म्यान अफ द म्याच बनेका निश्चलले दुई खेलमा ५/५ विकेट लिनुका साथै ५०/५० रन जोडेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

बहराइनविरुद्ध ८५ रनले विजयी, नेपाल सेमिफाइनलमा


 फागुन २७  बहराइनविरुद्धको खेल नेपालले ८५ रनले जितेको छ। नेपालको जितमा प्रमुख भूमिका रह्यो, उपकप्तान निश्चल पाण्डेको। उनले ८ ओभरमा एक मेडन लिँदै २८ रन दिएर ५ विकेट झारे। व्याटिङमा समेत उनले सबैभन्दा बढी स्कोर खडा गरेका थिए। बहराइनविरुद्ध उनले ७४ रन बनाएका हुन्। तीन खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राजनीति, नेता र बैदेसिक रोजगार,


केशब प्रसाद घोर्सैने सपही २ बारा हाल ;-कुबेत

दुनियाँ मा नेपा लएस्तो एउटा देश होल जाहाका नेता भनाउदा नाइके हरुले जुनसुकै आन्दोलन,वा क्रान्ती जे भनेपनी अईले सम्मका सबै क्रान्ति हरु धेरै जसो बिदेश मा, बसेर बिदेशिकै ईसारा मा गरेका हुन भन्दा फरक नपर्ला किन भने काङ ग्रेसले राणा बिरुद्दको क्रान्ति पनि बिदेशमै बसेर गरेको थियो ,तेस्पछि का बिभिन्न आन्दोलन हरु पनी बिदेशमै बसेर भएका छन सबैभन्दा पछीको माओवादी आन्दोलन पनि तेस्का नाइके (नेता)हरुले भारत मै बसेर गरेका हुन, पढ्नेक्रम जारी राख्नुहोस्

धर्मेन्द्र झा र दिपक बिष्ट कोरिया आउने


नेपालकोरिया न्यूज डटकम सम्वाददाता

आगामी अप्रील ४ आईतवारका दिन नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको
दोस्रो अधिवेशनको अवसर पारी उक्त अधिवेशनको उदघाटनको पुनित अवसरलाई थप
शोभायमान तुल्याउनको लागि वहांहरु आउने भएको हो । केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको बिशेष आतिथ्यमा हुन लागिएको नेपालपत्रकार महासंघ दक्षिण कोरिया शाखाको दोस्रो अधिवेशन उदघाटन पूर्व कोरियामा रहेका सकृय सामाजिक संघ संस्थाहरु- एनआरएन कोरिया, एनसीसी कोरिया, नेपाल व्यापार संघ, सुदूर पश्चिम समाज, आपतकालिन नेपाली सेवा समिति आन्सान र नेपाल पत्रकार महासंघ शाखा दक्षिण कोरियाका साथमा ब्यक्तगत रुपमा आठौं सागको कराँते खेलमा स्वर्ण पदक बिजेता रबि महर्जन लगायतले नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी दिपक बिष्टलाई सम्मान गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अपहरण र यौन दुर्व्यवहारको आरोपमा महिला ट्राफिक पक्राउ


केपी ढुंगाना, काठमाडौं, फागुन २८- सहकर्मीकै भतिजीको अपहरण गरी यौन दुर्व्यबहार गरेको आरोपमा महिला ट्राफिक जवान पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरण र यौन दुर्व्यवहारको अभियोगमा थापाथाली ट्राफिक पोस्टमा कार्यरत महिला प्रहरी रुविना हुसेनलाई पक्राउ गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्