सुर्खेतको हरिहरपुर गाविससँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा साग टिप्न र घाँस काट्न गएका थिए महिला, महिलाका लाससँगै भरुवा बन्दुक र गोली भेटियो, सेनाले भन्यो, ‘उनीहरू प्रतिकारमा मारिए’ स्थानीय बासिन्दाले लास उठाउन मानेनन्, प्रहरीले सेनाको केस भन्यो, सेनाले प्रतिक्रिया दिन मानेन,
ठाकुरसिंह थारू/नेपालगन्ज, गणेशकञ्चन भारती/सुर्खेत
नेपाली सेनाका सुरक्षाकर्मीले गोली हानी तीन दलित महिलाको हत्या गरेका छन् । महिलाको दोष थियो- उनीहरू बर्दिया राष्ट्रिय निकुञ्जभित्र पसेर निउरो साग टिप्दै थिए । नेपाली सेनाको ज्वालादल गण ठाकुरद्वारा बर्दियाबाट गएको नेपाली सेनाको टोलीले गोली चलाउँदा बुधबार दिउँसो एकै ठाउँका तीन दलित महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा हरिहरपुर गाविस- २ बास्पानीका अनिता विक, देवीसरा विक र चन्द्रकला विक छन् । ४२ वर्षीय कृष्णबहादुर विकलाई भने सेनाले जीवितै पक्राउ गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्