सेनाको संसार


अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सेनाका श्रीमतिहरुको संघले अहिले काठमाडौँको जंगी अड्डाबाहिरको सानो टुँडिखेलमा मेलाको आयोजना गरिरहेको छ । पहिले यो संघको नाम सैनिक अधिकृत श्रीमति संघ थियो । अर्थात् सेनाका माथिल्लो दर्जाका अधिकृतहरुकी श्रीमतिहरु मात्र त्यो संस्थामा रहन्थे । लोकतन्त्रको स्थापनापछि सेनालाई लोकतान्त्रिकरण गर्ने भन्दै केही कदम चालिए जसमा यो संघको नामबाट अधिकृत हटाएर सैनिक श्रीमति संघमात्र राखियो । मेला हेर्दा सेनाको अलग संसार रहेछ त्यहाँ । केही फोटो हेर्नुस्-

यो सेनाको रेन्जर बटालियनको स्टल हो। यहाँ ब्याग, ज्याकेट, चश्मा आदि विभिन्न सामान बेच्नलाई राखिएको छ।


// //


सेनाले प्रयोग गर्ने विभिन्न सामान त्यहाँ बेच्न राखिएको छ।


विभिन्न पृतना, गणका सामान, रमाइला खेलहरु त्यहाँ राखिएको छ।


दर्शक पनि सैनिकहरु, उनीहरुको परिवार, नजिकका नातेदारहरु नै बढी देखिन्थे।


रत्‍न पुस्तक भण्डारको स्टलसमेत रहेछ त्यहाँ। त्यसैगरी बैंक, सोलार कम्पनीका स्टल पनि थिए।


मोर्टारमा बल छिराउनु पर्ने खेल।


द्वन्द्वकालमा घाइते भएका सैनिकहरु।


दिनको दुई पटक मेलामा कुकुर प्रदर्शनी पनि हुने रहेछ।


के रहेछ यो कुकुर प्रदर्शनी भनेको त तालिमप्राप्त सेनाका कुकुरहरुको कला देखाउने कार्यक्रम रहेछ।


सिठीको तालमा सैनिक र कुकुरले एक साथ कवाज खेल्ने रहेछन्।


सैनिकको अनुशासनमा बसेका देखिन्थे कुकुरहरु पनि।


सेना र कुकुरको स्यालुट एक साथ।


कुकुर प्रदर्शनीका दर्शकहरु।

मेलामा घोडा चढ्न पनि पाइने रहेछ। हामीले पनि चढ्यौँ घोडा। जीवनमा पहिलो पटक घोडा चढेर कुदाउँदाको अनुभव अर्को ब्लगमा-

Source : merosansar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.