तोकिएकै मितिमा संविधान नभए खुल्ला विद्रोह गर्ने प्रचण्डको चेतावनी


फागुन २४, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा संविधान निर्माण नभए माओवादीले खुल्ला विद्रोह गर्ने चेतावनी दिनुभएको छ । माओवादीले सत्ता कब्जा गर्दैछ भन्ने बाहानामा संविधानसभा भंग गर्ने षडायन्त्र भइरहेको दावी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो- त्यस्तो षडयन्त्र भए खुल्ला विद्रोह मार्फत प्रतिक्रान्तिकारीहरु बढारिनेछन । एक सयौं अन्तारष्ट्रिय महिला श्रमिक दिवसको अबसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले सोमबार राजधानीको खुल्लामाचमा आयोजना गरेको सभामा अध्यक्ष प्रचण्डले संविधानसभा भंग गर्ने प्रतिक्रान्तिकारी षडयन्त्र भइरहेको दावी समेत गर्नुभयो । तोकिएको समयमा जनताको पक्षमा संविधान निर्माण नभए विद्रोहको खुल्ला चुनौति सामना गर्न प्रचण्डले दलहरुलाई चेतावनी दिनुभयो ।

शान्ति प्रकृया र संविधान निर्माण कार्य विरुद्ध प्रतिगामीहरु जुमुराऊन लागेको दावी गर्दै त्यसविरुद्ध खवरदारी गर्न प्रचण्डले सबैसंग आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले शान्ति प्रकि्रया र संविधान निर्माण विरुद्धको षडयन्त्र पराष्त गर्न माओवादी नेतृत्वमा सरकार गठन गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो । प्रचण्डले संसदवादी दलहरुलाई दोहोरो चरित्रका पाखण्डिको आरोप लगाउदै बाहिर माओवादीलाइ दोष लगाएर भीत्र भित्र संविधानसभा विघठनको षडयन्त्रमा लागिपरेको जीकिर गर्नुभयो । प्रचण्डले आगामी तीनमहिनामा तीव्र गतिमा संविधान निर्माण गर्ने आफ्नो पार्टीको प्रस्ताव विपरित दलहरु संविधानसभाको म्याद थप गर्न खोजेको दावी समेत गर्नुभयो । उहाँले आऊदो तीनमहिना संविधान निर्माणका लागि आन्दोलीत हुन महिलासंग आग्रह गर्नुभयो ।

प्रचण्डले वर्तमान सरकारलाई कुहेको फर्सीसंग तुनला गर्दै अझै पनि सरकार नछाड्नु आश्चर्यको बिषय टिप्पणि गर्नुभयो । जनताको अभिमत र आफ्नो बुद्धिले उनिहरु सरकारमा गएका थिएनन उहाँले भन्नुभयो- जनताप्रति उत्तरदायी भएको भए पेशाकर्मी आन्दोलनमा उत्रिदा उनिहरु सरकारवाट बाहिरीनु पर्थ्यो । कार्यक्रममा माओवादी पोलिटव्युरो सदस्य हिसिला यमी, महिला संघ क्रान्तिकारीका अध्यक्ष जयपुरी घर्तीलगायतले आगमी जेठ १४ मा संविधान जारी नभए महिलाहरु सडकमा आऊने चेतावनि दिनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.