Daily Archives: 08/03/2010

युनिटी लाईफ इन्टरनेशनको ७ वर्षमा नेपाललाई इन्धन मुक्त देश बनाउने घोषणा


रामजी वगाले, प्रेस संयोजक
Tel. ९८५१०९५३४५

स्वास्थ्य शिक्षा सुरक्षा रोजगार र समुन्नत नेपालको नारालाई आत्मसाथ गर्दै नयाँ नेपाल निर्माणको अभियानमा जुटेको युनिटी लाईफ ईन्टरनेशनल लि. ले तेल खाडीमा होइन झाडीमा हुन्छ भन्ने कुरालाई सार्थकता दिलाउन अहिले सजिवन जेट्रोफा खेती शुरु गरेको छ । अहिले युनिटीले दश हजार हेक्टर जमिनमा सजिवन खेती लगाएर परिक्षण समेत गरिसकेको छ भने एक लाख किलो बिउ ल्याई गाउँ गाउँमा रहेका खाली जमिनमा लगाउने कार्यलाई जारी राखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्व राजालाई भेटे खुमबहादुरले


 नेपाली कङ्ग्रेसका नेता खुमबहादुर खड्का र पूर्वराजा ज्ञानेन्द्रबीच कुराकानी भएको छ। पशुपतिमा जारी रुद्रचण्डी महायज्ञमा पुगेका ज्ञानेन्द्र र नेता खड्काबीच कुराकानी भएको हो। खड्का पूर्वराजा कालीबाबाले आयोजना गरेको महायज्ञमा पुग्नु अगाडि नै त्यहा पुगेका थिए। खड्काले दुईपटक पूर्वराजासँग भेटेर कुराकानी गरेको पशुपतिबाट नागरिकन्युजकर्मी केशब थोकरले जनाएका छन्। मिडियालाई पूर्वराजाभन्दा पर राखिएकाले उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने थाहा हुन सकेन।

कराचीमा विस्फोट, ११ को मृत्यु, ६० भन्दा बढी घाइते


लाहौर, फागुन २४ – पाकिस्तानको दोस्रो ठूलो सहर लाहौरमा शक्तिशाली विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। घटनामा ६० भन्दा बढी घाइते भएको एएफपीले जनाएको छ। विस्फोटक पदार्थ भरिएको गाडी भित्तामा ठोक्काएर गरिएको विस्फोटबाट जमिनमा ठूलो खाल्डो परेको र आकाशमा धुँवाको मुस्लो उडेको अनि उद्दारकर्मीहरुले हातैले भग्नावशेष हटाइ एम्बुलेन्सतिर घाइतेहरुलाई दौडाउँदै गरेको दृश्य टेलिभिजनहरुले देखाएका छन्। प्रहरी भवन र मुस्लिम सेमिनरीको नजिकै भएको थियो। प्रहरीको अनुसन्धान युनिट भवनमा विस्फोट गराइएको हो।

नेपाललाई भारतमा मिसाउने योजनाअनुसार सङ्घीयता : केसी


 फागुन २४-  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताको माग मुलुकलाई टुक्रयाउने षडयन्त्रले आएकाले बेलैमा सचेत भएर अघि बढ्नुपर्ने बताएका छन्। नेपाललाई सिक्किम जस्तै भारतमा मिसाउने योजनाअनुसार यो माग उठिरहेको उनको भनाई छ।
‘सङ्घीयता नेपाली जनताको आवश्यकताले उठाएको माग हैन देशी/विदेशी दलाल र प्रतिक्रियावादीले उठाएको माग हो’– पार्टीको युवा सङ्गठन अखिल नेपाल जनवादी युवा सङ्घको पाँचौं सम्मेलनको बुटवलमा उदघाटन गर्न आएका केसीले पत्रकारसँग भने। पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीले वाईसीएल परिचालन गर्ने


 माओवादीले शान्ति, संविधान र आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन दबाब दिन देशभर वाईसीएल परिचालन गर्ने भएको छ । कांग्रेस, एमालेका वाईसीएलको अर्धसैनिक संरचना भंग गर्नुपर्ने बताइरहेका बेला माओवादीले वाईसीएल परिचालन गर्न लागेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव रामबहादुर थापाले ‘शान्ति, जनमुखी संविधान र राष्ट्रिय सरकार’ का लागि ‘व्यवस्थित’ रूपले परिचालन हुन आइतबार निर्देशन दिएका छन् । वाईसीएलको केन्द्रीय समितिको बैठकमा बोल्दै दाहालले ‘षड्यन्त्र’ लाई प्रतिरोध गर्न पनि निर्देशन दिएको स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पाकिस्तानको कराचीमा शक्तिशाली विस्फोट


पाकिस्तानको दोस्रो ठूलो सहर लाहौरमा शक्तिशाली विस्फोट भएको एएफपीले जनाएको छ। विस्फोट प्रहरी भवन र मुस्लिम सेमिनरीको नजिकै भएको थियो। विस्फोटबाट जमिनमा ठूलो खाल्डो परेको र आकाशमा धुँवाको मुस्लो उडेको अनि उद्दारकर्मीहरुले हातैले भग्नावशेष हटाइ एम्बुलेन्सतिर घाइतेहरुलाई दौडाउँदै गरेको दृश्य टेलिभिजनहरुले देखाएका छन्। क्षेतिको विस्तृत विवरण आउन बाँकी छ। ………
 

थन्कियो क्यान्सर परीक्षण मेसिन


लाखौँ मूल्यमा किनिएको क्यान्सर परीक्षण गर्ने मेमोग्राफी मेसिन वीर अस्पतालमा त्यसै थन्किएको छ । तर, उपचार गराउन आउने बिरामी भने त्यसै र्फकन बाध्य छन् । रोग परीक्षण गर्ने मेसिन सञ्चालनमा छैन भन्दै अस्पतालले बिरामीलाई फर्काउने गरेको छ ।
लाखौँमा किनिएको मेसिन सञ्चालन नै नगरी ‘वारेन्टी पिरियड’ सकिन लागेको अस्पताल रेडियोलोजी विभागले जनाएको छ । स्तन क्यान्सर परीक्षण गराउन अस्पताल आएका बिरामी निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिर्न बाध्य भएका छन् । अस्पतालमा सेवा उपलब्ध नहुँदा बिरामी निजी स्वास्थ्य संस्थामा तीन गुना बढी शुल्क तिर्न बाध्य छन् । पढ्नेक्रम जारी राख्नुहोस्