Daily Archives: 07/03/2010

‘मिसन–११’ अन्तर्गत ४३ जनालाई कारबाही


 कास्की प्रहरीले सञ्चालन गरेको विशेष कारबाही ‘मिसन–११’ अभियानका क्रममा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ दर्जनभन्दा बढीलाई मुद्दा चलाइएको छ। प्रहरीले पोखरासहित आसपासका गाउँका आपराधिक गतिविधि नियन्त्रण गर्न फागुन ११ देखि २२ गतेसम्म ११ दिने ‘मिसन–११’ अभियान चलाएको थियो। पोखरा र आसपासमा गुण्डागर्दी, मादक पदार्थ सेवन, लागू औषध, चोरीलगायत सामाजिक विकृति फैलाउने कामलाई नियन्त्रण गर्न चलाइएको अभियानका क्रममा ६ सय ५५ जना पक्राउ परेकोमा ४३ जनालाई मुद्दा चलाइएको कास्की प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

‘माफी माग्दिनँ, बरु मर्छु’


म्याडि्रड/ जिनेदिन जिदानले २००६ विश्वकप फुटबल फाइनलको घटनालाई अहिलेसम्म पनि बिर्सिएका छैनन् । जिदानको एक गल्तीले पान्स उपाधिनजिक पुगेर पनि उपविजेतामा सीमित भयो । खेलको दौरान अचानक जिदानले इटालीका डिफेन्डर मार्को माटेराजीलाई ‘साँढे’ झैँ टाउकोले प्रहार गरेका थिए ।फिफाको ‘फेयर प्ले’ अवधारणाविरुद्ध खेलमैदानलाई रणभूमि बनाउँदा उनले रातो कार्ड खान पुगे । जिदानको व्यवहारका
कारण पान्सले खेलमा ठूलो मूल्य चुकायो । जिदानविहीन पान्सले टाइब्रेकरमा इटालीलाई उपाधि सुम्पियो । अक्षम्य गल्तीले उपाधि गुमाएका जिदानले घटनाको चार वर्ष बित्दा पनि यथार्थ कुरा बाहिर ल्याउन सकेका छैनन् । रियल म्याडि्रडका पूर्वप्लेमेकर जिदान अहिले पनि माटेराजीसँग सो घटनाप्रति सहिष्णु बन्न तयार देखिँदैनन् । जिदानले माटेराजीसँग माफी माग्नुभन्दा मर्न तयार भएको प्रतिक्रिया दिएका छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्

दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर


 
पर्वत,  दृष्टिविहीन बालबालिकालाई आधुनिक प्रविधि र व्यावहारिक ज्ञानतर्फ उन्मुख गराउने उद्देश्यले प्रवासी नेपालीको सहयोगमा यहाँको एक विद्यालयका विद्यार्थीलाई कम्प्युटर प्रदान गरिएको छ ।पर्वत वेलफेयर सोसाइटी युकेको सहयोग र लायन्स क्लब अफ शिवालय कुस्माको सहयोगमा जनताधनु उच्चमावि नारायणस्थान बाग्लुङका दृष्टिविहीन  विद्यार्थीलाई बिहीबार कम्प्युटर हस्तान्तरण गरिएको हो ।दृष्टिविहीनलाई कम्प्युटर शिक्षा दिई समयसापेक्ष शिक्षा दिलाउन सहयोग हुने भएकाले एकथान कम्प्युटर र पि्रन्टर दिइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कुन पार्टीसित कति सम्पत्ति ?


मुलुकका मुख्य राजनीतिक दल कति अस्तव्यस्त रूपमा चलिरहेका छन् भने उनीहरूसित आफ्नो स्वामित्वमा रहेका भौतिक सम्पत्तिको ठोस रेकर्डसमेत छैन । यद्यपि, घरजग्गाको मोटामोटी तथ्यांकका  आधारमा हेर्दा तीन ठूला दलमध्ये माओवादी र कांग्रेसभन्दा एमाले सम्पन्न देखिन्छ । सरकार नेतृत्वको अनुभव संगालिसकेका तीनै दलले केन्द्रदेखि जिल्लासम्म धेरथोर भौतिक सम्पत्ति जोडेका छन् । २० वर्ष अघिदेखि खुला राजनीतिमा आएका कांग्रेस र एमाले मात्र होइन, तीन वर्षअघि भूमिगत राजनीति त्यागेर आएको माओवादीको समेत राजधानीमा आफ्नै पार्टी कार्यालय छ अहिले । तर, अव्यवस्थित रूपमा चलिरहेका ती कार्यालयले पार्टीको सम्पत्ति-विवरणसमेत दुरुस्त राखेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रवासी भारतीय सुन्दरी


नेपालमा बसिरहेका प्रवासी भारतीय  युवतीबीच भएको  सौन्दर्य प्रतियोगिताको उपाधि वत्सला शर्मा (बीचमा)ले जितिन्। शनिबार लाजिम्पाटमा भएको प्रतियोगितामा आइमन खान (दायाँ)  दोस्रा र मंगोलिका चक्रवर्ती तेस्रो भइन्। प्रतियोगिताकी विजेताले प्रवासी भारतीयहरु सहभागी हुने मिस इन्डिया वर्ल्डवाइडमा सहभागी हुन पाउने छन्।