काण्ड अर्धनग्न तस्बिरको


गएको साता मोडल बेबी थापा एक दैनिक अखबार पल्टाउँदा छक्क परिछन् । मनीषा कोइरालालाई निम्त्याएर उद्घाटन गरिएको चलचित्र “गर्ल्स” ‘को  कार्यक्रममा मनीषाको पछाडि रहेको नायिका जेनिषा केसीको अर्धनग्न तस्बिरमा आफ्नो ज्यान देखेपछि उनी छक्क पर्नु स्वाभाविक थियो । निर्देशक प्रिन्स यादवले केही समयअघि उनलाई उक्त चलचित्रमा नायिका बनाउने भनेर साइबरसंसार डटकमबाट खिचिएको उक्त तस्बिर लिएको उनको दावी थियो । ‘पछि पारिश्रमिकमा कुरा मिलेन, अनि त्यो चलचित्र खेलिनँ, तर तस्बिर फिर्ता माग्दा उसले पछि-पछि भन्दै टारिरहेको थियो । जब त्यो तस्बिर पत्रिकामा देखें, त्यसमा त मेरो जीउमा जेनिषाको टाउको जोडिएको पो रहेछ । उसलाई फेरी फोन गरें, तर उसले मेरो कल रिसिभ गरेन ।’- बेबीले साप्ताहिकसँग भनिन् ।

अर्कातर्फ जेनिषाले चलचित्रको उद्घाटन कार्यक्रममा पत्रकारहरूलाई त्यो तस्बिर आफ्नो नभएको र प्रिन्सले उनलाई झुक्याएर तस्बिर जोडेको बताइन् । पर्सिपल्ट छेपाराले रंग फेरेझैं कान्तिपुर टेलिभिजनका कार्यक्रम रजतपट र आजमा ती तस्बिरहरू आफ्नै भएको बताउन थालिन् । बेबी भने त्यो तस्बिर आफ्नै भएको अडानमा टिकिरहिन् । यहाासम्म कि उनले आफ्नो तस्बिरको दुरुपयोग भएको भन्दै प्रहरीमा निर्देशक यादवविरुद्ध जाहेरी दर्ता गराइन् ।

त्यही दिन प्रिन्सले रिपोटर्स क्लबमा एक पत्रकार भेटघाटमा त्यो तस्बिर जेनिषाकै भएको भनेर वास्तविक तस्बिर सार्वजनिक गरे र उनले नचाहिने बखेडा गरेको भन्दै जेनिषालाई चलचित्रबाट निकालेको घोषणा पनि गरे । अर्कातर्फ बेबीले प्रहरी समक्ष पि्रन्स विरुद्ध गरेको उजुरी पनि फिर्ता लिइन् । पुरै घटना नियाल्दा कसको कुरालाई साँचो मान्ने र कसलाई गलत भन्ने कुरामा यो अर्धनग्न तस्बिर काण्ड हप्तैभरी रुमल्लिरह्यो । 

 Source: Saptahik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.