सेनाले सरकारलाई बुझायो दशवर्षको योजना / नेपाल छिमेकी मुलुकहरूबाट असुरक्षित


 नेपाली सेनालाई आधुनिकीकरण र एसियाली मापदण्डको बनाउन सरकारले १० वर्षको कार्ययोजना अघि सारेको छ। सैनिक मुख्यालयले सेनाको आधुनिकीकरण गर्नका लागि १० वर्षको कार्ययोजनाको मस्यौदा रक्षा मन्त्रालयमा पेस गरेपछि मन्त्रालयले उक्त कार्ययोजना कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयमा पठाएको छ। सेनाको आधुनिकीकरण गर्ने १० वर्षको कार्ययोजनालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गरेर कार्य अगाडि बढाउन मुख्यालयले रक्षा मन्त्रालयलाई आग्रह गरेको छ।

सेनाको आधुनिकीकरण गर्ने कार्ययोजना अर्न्तर्गत पहिलो चरणमा सेनाको भौतिक पूर्वाधार तयार गरी हाल सेनाले देशका विभिन्न भागमा भोग्दै आएको भौतिक पूर्वाधारको कठिनाइबाट मुक्त गराई सेनालाई बासस्थान, सवारीसाधन, सञ्चारसाधनयुक्त बनाउने रहेको रक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

दोस्रो चरणअर्न्तर्गत नेपाली सेनालाई दक्षिण एसियाली मापदण्डमा पुर्याउनका लागि अत्याधुनिक हतियार, विभिन्न देशमा आधुनिक तालिम र त्यसका लागि चाहिने सैन्य सामग्री उपलब्ध गराउनुपर्ने माग गरिएको र रक्षा मन्त्रालयले सेनाले तयार पारेको उक्त योजनालाई कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयमा उक्त प्रस्ताव पठाएको बुझिएको छ। उक्त कार्यालयले आगामी वर्षको बजेटमा नै उक्त योजना कार्यान्वयन गर्न रकम छुट्टयाउने तयारी गरिरहेको प्रधानमन्त्री कार्यालयस्रोतले जानकारी दियो।
नेपाली सेनाका लागि सरकारले हाल छुट्टयाउँदै आएको बजेटमा दुई प्रतिशत थप गरी कुल बजेटको ७ प्रतिशत पुर्याउनुपर्ने, पूर्वाधार विकासका लागि छुट्टयाइएको रकमलाई प्रत्येक वर्षको बजेटमा थप्नुपर्ने, नेपाली सेनाले हातहतियार तथा हवाई साधनहरू अत्याधुनिक खरिद गर्नुपर्ने १० वर्षको कार्ययोजना उल्लेख गरिएको छ।
सरकारले राष्ट्रिय सुरक्षा नीति हाल निर्माण गर्ने अवस्थामा रहेको र उक्त नीति संसद्बाट अनुमोदन भएपछि सोहीअनुरूप सेनाले अघि सारेको १० वर्षको कार्ययोजनालाई प्राथमिकताका साथ अगाडि बढाइने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय सुरक्षानीति बनेपछि नेपाली सेनाले हाल भोग्दै आएको अभाव र पीडा सम्बोधन गर्नेछ। नेपाली सेनाले आफ्नो संगठनको स्तरोन्नतिका लागि अहिलेका सबै जहाजहरू बिक्री गरी नयाँ विमान खरिद गर्नुपर्ने, नेपाली सेनाले अहिले प्रयोगमा ल्याएको हतियार आउटडेटेड भएकाले त्यसलाई विस्थापन गरी नयाँ हतियार खरिद गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ।
विश्वमा बढ्दै गएको हतियारको होडबाजीका कारण नेपाल दिन-प्रतिदिन छिमेकी मुलुकहरूबाट असुरक्षित बन्दै गएकाले त्यसतर्फपनि सरकारले ध्यान दिनुपर्ने र त्यहीअनुसारका प्रविधिहरू नेपालमा पनि भित्र्याउनुपर्ने कार्ययोजनामा उल्लेख गरिएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.