राष्ट्रिय सम्मानसहित दीपकलाई दस लाख


 दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा लगातार चार स्वर्णपदक जितेर इतिहास रचेका तेक्वान्दो खेलाडी दीपक विष्टलाई नेपाल सरकारले राष्ट्रिय सम्मानसहित दस लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कीर्तिमानी खेलाडी दीपकलाई सो रुपैयाँसहित राष्ट्रिय सम्मान गर्ने निर्णय गरेको छ । बैठकले एघारौँ सागअन्तर्गत  धउद्घाटनको दिनै होटलको लिफ्ट चुँडिएर घाइते भएका जुडो खेलाडीहरूको उपचारखर्च पनि सरकारले व्यहोर्ने भएको छ ।
‘सागमा लगातार चारवटा स्वर्णपदक जितेका दीपकलाई सरकारले दस लाखसहित राष्ट्रिय सम्मान गर्ने निर्णय गरेको छ मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता शंकर पोखरेलले जानकारी दिए । घाइते भएका जुडोलगायत अन्य खेलाडीको निःशुल्क उपचार हुनेसमेत  उनले बताए ।
तीन साताअघि दीपक ८७ केजी तौल समूहमा भुटानी प्रतिद्वन्द्वीलाई हराउँदै सागको इतिहासमा चार स्वर्णपदक जित्ने एक्लो खेलाडी बनेका थिए । यसअघि दीपकसँगै नेपालकै धावक बैकुन्ठ मानन्धरले तीन/तीन पटक सागमा स्वर्णपदक जितेका थिए ।
सरकारले गरेको निर्णयबाट दीपक खुसी भएका छन् । सरकारले एक खेलाडीको सम्मान गरेको छ एसियन खेलकुदमा समेत दोहोरो कास्यपदक विजेता दीपकले भने सरकारलाई धन्यवाद दिन चाहन्छु । उनले सरकारका तर्फबाट सागका अन्य पदकविजेता खेलाडीको पनि सम्मान हुनुपर्ने बताए ।
दीपकले सरकारबाट आफ्नो चोटको उपचारका लागि सहयोगको अपेक्षा राखेका छन् । एघारौँ सागमा चोट बोकेर उनले प्रतिस्पर्धा गरेका थिए । दीपकले सो सागमा प्राविधिक रूपले मात्र प्रतिस्पर्धा गरेका थिए ।
थाइल्यान्डको बैंककमा शल्यक्रिया गराउनका लागि दीपकले राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसँग १२ लाख रुपैयाँ माग गरेका थिए । परिषद्का सदस्यसचिव हरिबाबु चौधरीले दीपकलाई शल्यक्रियाका लागि बैंकक जान सम्पूर्ण व्यवस्था मिलाउने आश्वासनसमेत दिएका थिए । तर, मन्त्रालयले प्रत्युत्तरमा दीपकलाई मेडिकल काउन्सिलको सिफारिस ल्याउन राखेपलाई पत्र पठायो ।
यतिखेर परिषद् र खेलकुद मन्त्रालयबाट उपचारार्थ केही सुनवाइ नभएपछि उनी सरकारसँग आशावादी भएका छन् । उनको बायाँ खुट्टामा लागेको गहिरो चोटको तत्काल शल्यक्रिया नगरे गम्भीर समस्या हुने चिकित्सकले बताएका छन् । ‘पहिले पनि दायाँ खुट्टाको शल्यक्रिया गर्दा निकै दुःख पाएको थिएँ दीपकले भने अहिले पनि सहज स्थिति छैन ।
खेलकुदकै सम्बन्धित निकायबाट आनाकानी गर्दा उनी दुखी छन् । दीपकका अनुसार मन्त्रालयका सचिवले उनको फाइललाई हेरेकै छैनन् । मन्त्रालय र परिषद्बाट केही गर्न नसक्दा दुखित भएको छु उनले भने ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.