धादिङमा कङ्ग्रेस-माओवादी झडप


 फागुन २०- धादिङ सदरमुकाम धादिङबेसीमा बिहीबार बिहान नेपाली कङ्ग्रेस र वाइसिएलबीच झडप भएको छ। झडपमा नेविसङ्घका कार्यकर्ता सुरेन्द्र तामाङ गम्भीर घाइते भएका छन्। झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउण्ड हवाई फायर र केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ।
झडपका कारण धादिङबेसी तनाव रहे पनि प्रहरीले शान्त पार्न बजारमा प्रहरी फोर्स परिचालन गरेको छ। सो घटनामा देषी ठहरिएका वाइसिएलका प्रताप तामाङसहित ६ जनालाई पीडित पक्षले ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको छ भने अन्य चार जनालाई सार्वजनिक अपराधमा कारबाहीअन्तरगत कारबाही गर्न माग गरिएको छ।

गत १८ गते बेलुका वाइसिएलले नेविसङ्घका सदस्य नारायण तामाङलाई साङ्घातिक आक्रमण गरेको र नेपाली कङ्ग्रेस जिल्ला कार्यसमितिका सदस्य नारायण श्रेष्ठको घरमा तोडफोड गरेको दाबी नेपाली कङ्ग्रेसको। सोही समयमा तामाङलाई आक्रमण गरिएको र उनले प्रयोग गर्ने वा ३५ प ९५५४ नं. को मोटरसाइकल तोडफोड गरिनुका साथै नेवारी खाजा घरमा आक्रमण गरी तोडफोड गरेका थिए। तीन दिनदेखिको कङ्ग्रेस-माओवादी द्वन्द्वका कारण भिडन्तको स्थिति बनेको 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.