सुसारे (केयर-गिभर) का लागि आकर्षक मानिएको इजरायलमा तीन वर्षपछि कृषि कामदारको माग आएको छ। इजरायल सरकारले ४० जना नेपालीलाई कृषि कामदारका रूपमा भियाउन अनुमति दिएको हो। महिलाका लागि आकर्षक मानिएको केयर-गिभरमा भने अझै भिसा खुला गरिएको छैन। इजरायलस्थित नेपाली दूतावासका द्वितीय सचिव विष्णुप्रसाद गौतमले ४० जना कृषि कामदारको माग आएको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन्।
यो माग हामीले प्रमाणिकरण गरेर पठाइसकेका छौं, गौतमले यसै साता परराष्ट्रलाई पठाएको पत्रमा भनिएको छ, इजरायलको कृषि क्षेत्र आकर्षक रोजगार गन्तव्यका रूपमा पुनर्स्थापित हुनसक्छ।कृषि कामदारको यो माग राजधानीको चाबहिलस्थित एसिया लिंक सर्भिस प्रालिले ल्याएको हो। कम्पनीले कामदार लग्ने प्रक्रिया सुरु गर्न ६ दिनअघि (फेब्रअरी १८) दूतावासमा डिमान्ड लेटर (मागपत्र) प्रमाणिकरणका लागि निवदेन दिएको थियो।हामीले म्यानपावरले ल्याएको मागका ’boutमा बुझ्यौं,’ पत्रमा उल्लेख छ, ‘त्यहाँको आन्तरिक मामिला मन्त्रालयमा बुझा कृषि क्षेत्रमा नेपाली कामदार भिœयाउन कुनै समस्या नभएको जानका पायौ।’
दूतावासले कृषिमा आएको अवसर सदुपयोग गर्दै सचेत भएर कामदार पठाउन पनि आग्रह गरेको छ। कामदार पठाउँदा इजरायलले उठाउँदै आएको मुद्दा सम्बोधन गर्न भनिएको छ।सरकारले तोकेभन्दा बढी पैसा लिएको, भाषा नजान्ने र घरेलु कामको तालिम नलिएकालाई पठाएको, व्यक्तिगत रूपमा जाने र फ्लाइङ भिसा (पहिले काम निश्चित नग जाने भिसा) मा पठाउने क्रम बढेको भन्दै इजरायलले ११ महिनाअघि नेपाली महिनालाई केयर-गिभर लिन बन्द गरेको थियो। यसका लागि अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) को संलग्नताविना कामदार खुला नहुने उसले बताउँदै आएको छ।
यसबाट व्यवसायीको ५० करोड रुपैयाँ फसेको छ। चार सयभन्दा बढी महिलाको भिसा निस्किसकेपछि इजरायलले रद्द गरेको हो।विगतको यो अनुभवबाट पाठ सिकेर कामदारसँग चर्को शुल्क उठाउने र फ्लाइङ भिसामा कामदार पठाई अलपत्र बनाउनेजस्ता समस्या सम्बोधन गर्न तत्काल पहल गर्नुपर्ने पनि दूतावासको पत्रमा उल्लेख छ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव तथा पाथिभरा ओभसजका प्रबन्ध निर्देशक हंशराज वाग्लेले कृषि क्षेत्रमा माग आउनु नेपालका लागि अवसर भएको बताए। ‘यो हाम्रालागि सबभन्दा ठूलो अवसर हो,उनले भने,’यो अवसर सदुपयोग गर्न सबै पक्ष गम्भीर हुनुपर्छ।उनका अनुसार इजरायलमा तीन वर्ष अघिसम्म एक हजार नेपाली कृषि क्षेत्रमा काम गर्न गएका थिए। तिनले राम्र काम गर्न नसकेपछि इजरायलले कामदार लैजान रोक लगाएको थियो।
‘सुरुमा हामीले कृषि कामदार पठाउँदा कृषिमा स्नातक र स्नातकोत्तर गरेका युवा पठायौं,’ वाग्लेले भने, ‘उनीहरू काम गर्न नसकेर भाग्न थालेपछि थप कामदार जान पाएनन्।इजरायलमा कृषि कामदारले महिनाको १ लाख रुपैयाँभन्दा बढी कमाउँछन्। थाइल्यान्ड, भियतनाम र फिलिपिन्सबाट जानेले यो अवसर पाइरहेका छन्। थाइल्यान्डले भने पछिल्लो समय त्यहाँको कृषि क्षेत्र छोडेर विकसित मुलुकलाई प्राथमिकता दिन थालेको छ।
नेपालले अवसर पाउनुको एउटा कारण यो पनि हो।व्यावसायिक कृषिमा थाइल्यान्डले राम्रो जनशक्ति विकास गरेर विकसित मुलुकतिर पठाउन थालेको छ,’ वाग्लेले भने, ‘त्यसैले अबका दिनमा नेपालका लागि त्यो राम्रो गन्तव्य हुनसक्छ।’
इजरायल व्यावसायिक कृषिमा अगाडि रहेकाले त्यहाँ काम गरेर दक्ष भई फर्कने जनशक्तिबाट नेपालको कृषि क्षेत्र पनि लाभान्वित हुने उनको विश्वास छ। विगतमा त्यहाँ गएका केही नेपाली फर्किएर व्यावसायिक कृषिमा लागेको जानका दिँदै उनले भने, दक्ष र कृषिमै काम गर्ने व्यक्ति छनोट गरेर पठाउनुपर्छ।’
this is very good news for nepali people