माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा फेब्रुअरी २०१० मा सम्पन्न माउण्ट एभरेष्ट एम.बि. बमजन मेमोरियल अन्तर नेपाली गोल्ड कप फुटबल टुर्नामेण्टका केही झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/03/2010
माउण्ट एभरेष्ट एम.बि बमजन मेमोरियल गोल्डकप फुटबल टुर्नामेण्ट (फेब्रुअरी २०१०)
Posted in फोटोहरु
२५ सदस्यीय MESC कार्यसमितिलाई बिस्तार गरी ३५ बनाइयो
२७ फेब्रुअरी २०१० को दिन कुवैतको एसिया क्लव रेस्टुरेन्टमा बसेको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कार्यसमितिको मासिक बैठकले २५ सदस्यीय कार्यसमितिको बिस्तार गरी ३५ सदस्यीय बनाएको छ । साथै पद पूर्तीको लागि निम्न बमोजिम नयाँ सदस्यहरु थप गरेको समेत जानकारी गराइन्छ ।
राजु गुरुङ् – सह-सचिव
नबराज श्रेष्ठ – सदस्य
ईन्द्र बहादुर श्रेष्ठ – सदस्य
सरीता पौड्याल – सदस्य
शिला गिरी – सदस्य
गंगा संग्रौला – सदस्य
साथै नव नियुक्त सह-सचिव राजु गुरुङ ज्यूलाई क्लबको स्वामित्वमा संचालित कुवेतनेपाल डट कमको संवाददाता पदमा चयन गरिएको र भुपाल राना मगर ज्यूलाई वेव डिजाइनरमा अनुमोदन गरिएको जानकारी गराइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in MESC गतिविधि
साउदीमा १७ युवा अलपत्र
वैदेशिक रोजगारीका लागि साउदी अरब गएका पूर्वी नेपालका १७ युवा ७ दिनदेखि अलपत्र परेका छन् । अलपत्र परेका मध्ये एक गम्भीर विरामी परेका छन् । काठमाडौंको भाटभटेनीस्थित र्यापीड मेनपावरबाट त्यहा पुगेका मोरङ भोगटेनी -८ का जसबहादुर तामाङ तथा रत्नबहादुर तामाङ, इलामका भीम विश्वकर्मा, तह्रथुमका रहरमान श्रेष्ठ, पाल्तेन शेर्पालगायत १७ युवा अलपत्र परेका उनीहरुका आफन्तले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
इजरायलमा ४० जना कृषि कामदारको माग
सुसारे (केयर-गिभर) का लागि आकर्षक मानिएको इजरायलमा तीन वर्षपछि कृषि कामदारको माग आएको छ। इजरायल सरकारले ४० जना नेपालीलाई कृषि कामदारका रूपमा भियाउन अनुमति दिएको हो। महिलाका लागि आकर्षक मानिएको केयर-गिभरमा भने अझै भिसा खुला गरिएको छैन। इजरायलस्थित नेपाली दूतावासका द्वितीय सचिव विष्णुप्रसाद गौतमले ४० जना कृषि कामदारको माग आएको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
नेपाली पासपोर्टमा बंगलादेशी
रोजगारीका लागि कतार आएका एक युवक दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा तीन दिनसम्म अलपत्र परे । उनी काम गर्न आएको कम्पनी लिन नआएपछि विमानस्थलमै कहिले यता त कहिले उता गरेर बसे । त्यही विमानस्थलमा काम गर्ने नेपालीहरूले तिनको हालत देखेर सोधखोज गरे । युवक धनुषाका रहेछन् तर उनलाई न नेपाली भाषा आउँथ्यो न मैथिली न त हिन्दी नै ।पछि उनलाई नेपाली दूतावासले उद्धार गर्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
नम्रता फेरि ब्रान्ड एम्बेसडर !
डिजे तान्त्रिकसँगको सेक्स भिडियो टेपका कारण विवादमा परेकी नायिका तथा मोडल नम्रता श्रेष्ठ सो भिडियोका कारण पुनः चलचित्रमा र्फकन सकेकी छैनन्। सो सेक्स भिडियोका ’boutमा हालसम्म केही नबोलेकी उनी यौन काण्डपछि सार्वजनिक जीवनमा र्फकन नखोजेकी पनि होइनन्, तर वचन पाए पनि त्यो पूरा हुन सकिरहेको छैन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन