
Monthly Archives: मार्च 2010
नेपालसँग हङकङ ११८ रनको भारी अन्तरले पराजित

Posted in खेलकूद
औद्योगिक सुरक्षाबल गठन गर्ने निर्णय
(काठमाडौं), लामो समयदेखिको उद्योग-व्यवसायीको मागलाई सम्बोधन गर्दै सरकारले मंगलबार औद्योगिक सुरक्षाबलको गठन गर्ने निर्णयगरेको छ।व्यवसायीहरूले सुरक्षाको प्रत्याभूति नदिए औद्योगिक प्रतिष्ठानमा ताला लगाएर प्रधानमन्त्रीलाई तालाचाबी बुझाउने चेतावनी दिएका थिए।सरकारले औद्योगिक सुरक्षा बलको गठन गर्ने नीतिगत निर्णयगरे पनि यसका लागि आवश्यक ऐन र नियमावली भने बन्न बाँकी रहेको छ। यससम्बन्धी थप प्रक्रियागत व्यवस्था मन्त्रिपरिषद्को राजनीतिक समितिले गर्ने कानुनमन्त्री प्रेमबहादुर सिहंले नेपाल समाचारपत्रलाई बताउनुभयो। सुरक्षाबलमा प्रारम्भमा सशस्त्र प्रहरी बलबाट करिब २ हजार ५ सय सुरक्षाकर्मी पठाइने भएको छ भने आवश्यकताअनुसार थप गर्दै लैजाने नीति सरकारले लिएको छ। औद्योगिक सुरक्षाबल गठनका लागि नै नेपाल सरकारले करिब ५ हजार नयाँ सुरक्षाकर्मी भर्ना गर्न सशस्त्र प्रहरीलाई दरबन्दी स्वीकृत गरिसकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
बैँकले आपसी सापटी पाएनन्
सुदर्शन सापकोटा,
काठमाडौं, बैंकहरुले एक आपस (अन्तर बैंक) बाट सापटी पाउन छाडेका छन्। तरलता संकट गहिरिँदै गएपछि बढीमा सात दिनसम्म अन्तर बैंक सुविधा लिदै आएका बैंकले बैंकिङ प्रणालीभित्र पैसा कम भएपछि सापटी पाउन छाडेका हुन्। मंगलबार अधिकांश बैंकले सापटी माग गरे पनि कसैले उपलब्ध गराउन सकेनन्। ‘मंगलबार सापटी दिन कुनै बैंक तयार भएनन् लक्ष्मी बैंकका प्रमुख कार्यका अधिकृत सुमन जोशीले नागरिकसँग भने।गत साता ६.५ प्रतिशतमा झरेको अन्तर बैंक व्याजदर अहिले १०.५ प्रतिशतमा पुगेको छ। राष्ट्र बैंकले नियमित रुपमा सरका ऋणपत्रको धितो (रिपो) मार्फत पैसा उपलब्ध गराउँदै आए पनि ४ अर्ब रुपैयाँ मात्र दिएको छ। गत साता अवधि पुगेको ९ अर्ब रिपोमध्ये ४ अर्ब रुपैयाँ मात्र राष्ट्र बैंकले नवीकरण (रोलओभर) गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
बुद्ध, लुम्बिनी र भ्रम
भारतले लुम्बिनी उतै रहेको प्रमाणित गर्यो भने नेपाल शिरविनाको मुर्कट्टो हुनेछ
बुद्ध भारतमा जन्मिएको दाबी र नेपालले नक्कलमात्रै गर्न खोजे पनि असफल भएको आरोपसहित नेपालको जस्तै ‘भग्नावशेष’ बनाउन करोडौँका प्रोजेक्ट तयार गरी रातदिन ट्रयाक्टर र मजदुर खटाएर गौतमबुद्धको मावली देवदह, जन्मस्थल लुम्बिनी र दरबार तिलौराकोट प्याकेजमै भारतमा बनाइँदै छ (हेर्नुहोस्, नयाँ पत्रिका, ४ चैत २०६६) । भारतीय चलचित्र ‘चाँदनी चोक टु चाइना’ मा बुद्धको जन्म भारतमा भएको भनिएको छ । नेपालको सेन्सरबोर्डले उक्त वाक्य काटेर चलचित्र प्रदर्शनको अनुमति दिएको थियो, तर विद्यार्थी र सञ्चारमाध्यमले विरोध गरेपछि सरकार निषेध गर्न बाध्य भयो । हालै सरकारले पशुपतिका भारतीय भट्ट हटाएर नेपाली पुजारी राखेपछि भारतीय राजदूत, सिनेकलाकार गोविन्दा र समाजवादी दलका नेताले दबाबमूलक अभिव्यक्ति राख्दै नेपालको सार्वभौमसत्तामा हस्तक्षेप गरे पनि यहाँको अदालतले भारतीय भट्टलाई नै पुनर्नियुक्त गर्यो । यसरी भारतीय हस्तक्षेप हुँदा पशुपति’bout कोही नबोल्नु तर एउटा सानो सिनेमाको घटनामा सारा देशले नै पीडाबोध गरी लुम्बिनीको समर्थनमा बोल्नुले राष्ट्रियताका सम्बन्धमा लुम्बिनीको ठूलो महत्त्व छ र देशवासीका आँखामा लुम्बिनी महान् छ भन्ने देखाउँछ । पढ्नेक्रम जारी राख्नुहोस्
बेलायती प्रधानमन्त्रीका दूत आउँदै
काठमाडौं, नेपालमा शान्ति र विकासमा बेलायती सहयोगको प्रभाव अध्ययन गर्न बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउनका विशेष दूत ज्याक म्याककनेल तीनदिने भ्रमणका लागि आज नेपाल आउँदै छन्।नेपालको शान्ति र विकासका लागि बेलायती सहयोग’bout प्रत्यक्ष जानकारी लिन म्याककनेल आउन लागेको बेलायती दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
विश्वका ८ नेताको सूचीमा प्रचण्ड
विश्वको सबैभन्दा ठूलो आर्थिक र सांस्कृतिक मेला, सांघाई एक्स्पोमा चीनले आमन्त्रण गरेका आठ नेताको सूचीमा माओवादी अध्यक्ष प्रचण्ड
बेइजिङ ओलम्पिकको भव्य आयोजनाबाट विश्वलाई चकित पारेको चीन विश्व एक्स्पोको अन्तिम तयारीमा छ । सात वर्षको तयारीपछि १ मेमा सांघाई एक्स्पो आयोजना हुँदै छ ।
आयोजक चीनले एक्स्पोका ’boutमा विश्वका एक सय सेलेबि्रटीसँग उनीहरूको सन्देश मागेको छ । विश्वका उत्कृष्ट सेलिबि्रटीको सन्देश भन्दै चिनियाँ रेडियो, टेलिभिजन र पत्रपत्रिकाले प्रकाशन तथा प्रसारण गरिरहेका छन् ।
एक सय सेलिबि्रटीका सूचीमा आठ नेता छानिएका थिए, आठ नेताको सूचीमा नेपालका पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड छानिएका थिए ।प्रचण्डसँगै आयोजक चीनले सिंगापुर सरकारका अभिभावक लि क्वान यु, जर्मनीका पूर्वचान्सलर गेहार्ड सोर्डर, जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदा, अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जर, न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्क र हंगेरीका पूर्वप्रधानमन्त्री पिटर मेगिसीलाई पनि चीनले उत्कृष्ट नेता मानेर सन्देश मागेको थियो । यी सबै नेताले सांघाई एक्स्पोलाई सम्बोधन गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार