पोखरा तथा आसपासमा पन्छी जन्य वस्तुमा दखिएको बर्डफ्लु नियन्त्रणमा आएको छ। गत माघ २० गते पोखराको घारीपाटनमा बर्डफ्लु देखिएको २२ दिनपछि रोग नियन्त्रणमा आएको पशु कार्यालय कास्कीले बुधबार चिकेन फेस्टिबल आयोजाना गरी जानकारी दिएको हो। सहभागीहरूलाई कुखुराका विभिन्न परिकार तथा अण्डा खुवाएर अब पन्छीजन्य वस्तुको उपयोग गर्दा कुनै हानि नहुने सन्देश दिनका लागि चिकेन फेस्टिबल कार्यक्रम गरिएको पशु सेवा विभागका जनसर्म्पर्क अधिकृत डाक्टर अमरबहादुर साहले जानकारी दिनुभयो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/02/2010
पोखरामा बर्डफ्लु नियन्त्रण
Posted in समाचार
प्रहरीले लाजै पचाई भन्यो “उपत्यकाको सुरक्षा मजबुत छ”
महानगरीय प्रहरी आयुक्त मदन खड्काले देशभर विशेष सुरक्षा योजना लागू भएको ६ महिनाअवधिमा उपत्यकाको सुरक्षा मजबुत भएको दाबी गर्नुभएको छ।
पछिल्लो समयमा राजधानीमा हत्या, लुटपाट, चोरीको घटना बढ्दै गएको अवस्थामा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त खड्काले यस्तो दाबी गर्नुभएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
नेपालको अमेरिकाविरुद्ध निर्णायक खेल
आयोजक नेपाल पेप्सी विश्वकप क्रिकेट डिभिजन-५ को शीर्ष स्थानमा उक्लेको छ । त्रिवि मैदानमा बुधबार नेपाल फिजीमाथि १ सय ९३ रनको सानदार जित दर्ता गरेपछि अंक-तालिकामा ८ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । निरन्तर चौथो जितले पनि नेपाल डिभिजन-४ मा उक्लन सकेको छैन।इन्जिनियरिङ कलेजमा सिंगापुरले प्रतियोगिताको अर्को अपराजित टोली अमेरिकामाथि सनसनीपूर्ण जित दर्ता गरेपछि नेपाल छनोटबाट वञ्चित भएको हो। जितसँगै सिंगापुरले पनि डिभिजन-४ मा उक्लने सम्भावनासमेत जीवितै राख्यो । अमेरिका र सिंगापुरको समान ६-६ अंक छ । चौथो खेलमा सिंगापुर हारेको भए नेपाल र अमेरिकाले एक खेलअघि नै डिभिजन-५ पार गर्ने थिए । पढ्नेक्रम जारी राख्नुहोस्
नेपाल सरकार’bout अमेरिकी राष्ट्रपति ओवामाको चासो, नेपालले शान्ति सेना मार्फत दिएको योगदानको पनि प्रशंसा
अमेरिकी राष्ट्रपति बराक ओबामाले नेपालको वर्तमान सरकार’bout चासो देखाएका छन्। अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माको ओहदाको प्रमाणपत्र ग्रहण कार्यक्रममा बिहीबार ओवामाले वर्तमान सरकार’bout सोधेका थिए। उनले नेपाल-अमेरिका सम्वन्धको मुख्य आधार प्रजान्तप्रतिको प्रतिवद्धता भएको बताए। उनले केही महिनाअघि राष्ट्रसंघको वार्षिक साधारण सभाका अवसरमा प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेको र नेपालले शान्ति सेना मार्फत दिएको योगदानको पनि प्रशंसा गरेका छन्। ओबामाले विश्वमा शान्तिका लागि नेपालले राष्ट्रसंघ मार्फत खेलेको उक्त भुमिको प्रशंसा पनि गरेका थिए।
शर्माले राजदूतको कार्यभार सम्हालेको झण्डै ३ महिना पछि औपचारिक रुपमा राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए। अमेरिकी राष्ट्रपति ओबामाले शर्मासंग केही व्यक्तिगत सन्दर्भमा पनि चासो राखेका थिए। यो एक प्रकारको औपचारिक भेटघाट थियो, शर्माले भने।
Posted in समाचार