ग्वालियर फागुन १२ भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर एकदिवसीय क्रिकेटमा दोहोरो सतक बनाउने पहिलो खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाबिरुद्ध ग्वालियरमा भएको खेलमा उनले १ सय ४७ वलमा अविजित २ सय रन बनाएका हुन् । टेष्ट र वान डेमा सर्वाधिक सतक र कुल रनको कीर्तिमान पनि सचिनको नाममा रहेको छ । सचिन अघि एक दिवसीय खेलका सबैभन्दा बढी रनको कीर्तिमान जिम्बाब्बेको चाल्स कभेर्न्टी र पाकिस्तानका सइद अनवरको नाममा रहेको थियो । कभेर्न्टीले बंगलादेशबिरुद्ध अविजित १ सय ९४ र अनवरले भारतबिरुद्ध १ सय ९४ रन बनाएका थिए ।
Daily Archives: 24/02/2010
एक दिवसीय खेलमा सचिनको दोहोरो सतक
Posted in खेलकूद
साउदी पुगेकी मानसिक सन्तुलन गुमाएर फर्केकी छन्।
पवित्रा सुनार,
तीन महिनाअघि साउदी पुगेकी बाराकी ४५ वर्षीया अरुणा खातुन (नाम परिवर्तन) शारीरिक र मानसिक सन्तुलन गुमाएर फर्केकी छन्। उनको शरीरको तल्लो भाग नचल्ने, दुवै खुट्टा भाँचिएको र शरीरको पछिल्लो भागमा गहिरो चोट लागेको छ। उनी हिँडडुल गर्न नसक्ने र सही कुरा बोल्न नसक्ने अवस्थामा छिन्। उनी साउदीकै चिकित्सकको सहयोगमा सोमबार नेपाल फर्केकी हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
‘न जेठमा संविधान, न मंसीरमा चुनाव’
संविधान निर्माणको समयसीमा साँघुरिंदै जाँदा एकीकृत माओवादी, एमाले र नेपाली काँग्रेस तीनै दलका केन्द्रीय समितिका बैठक बसेका छन् तर ती दलका बैठकहरूमा संविधान निर्माणका विषयले प्राथमिकता भने पाउन सकेनन्। संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादी बैठक पार्टीको केन्द्रीय समिति र पोलिटब्युरोमा क-कसलाई लैजाने भन्ने पदीय भागवण्डामा अल्झिएको छ। पार्टीको १ सय ३७ सदस्यीय केन्द्रीय समितिलाई बढाएर १ सय ७५ बनाउने र पोलिटब्युरोमा १३ जना सदस्य थपेर ५८ सम्म पुर्याउने’bout माओवादी बैठक केन्द्रित छ। १० दिनभित्र संविधानसभाबाट निर्देशन र सुझावसहित पारित गरी संवैधानिक समितिमा पठाइसक्नुपर्ने समयसीमा रहे पनि अरु दलका अडानमा माओवादी कतिसम्म लचिलो हुनसक्ने भन्ने विषयमा कुनै छलफल भएको छैन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
शान्ती सुरक्षाका लागि युथफोर्स र वाइसिएल विघटन गर्नुपर्छ- देउवा
नेपाली काङ्ग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकको शान्ती सुरक्षाको लागि युथफोर्स र वाइसिएल दुवै विघटन गर्नुपर्ने बताएका छन् । युवा दस्ता दर्ताको पक्षमा आफू नरहेको बताउँदै उनले युवालाई आक्रमक शैलीमा भन्दा पनि विकासका लागि लगाउनु पर्ने तर्क सारेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
राप्रपा नेपालको सिंहदरबार घेराउ सकियो, प्रहरीसँगको झडपमा ५० भन्दा बढि घाइते
सङ्घीयताको बिरोध र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मंगलबार सिंहदरबार धर्ना तथा घेराउ गरेको छ । सिंहदरबारमा धर्ना दिने क्रममा प्रहरीसँग भएको झडपमा राप्रपा नेपालका उपाध्यक्षसहित करिब ५० नेता तथा कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरुमा पार्टी उपाध्यक्ष किशोरी महतो, युवा मोर्चाका उपाध्यक्ष किशोर गुरुङ, सभासद चन्द्रबहदुर गुरुङलगायत छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
पर्वतमा गोली चल्यो दुई घाईते
पर्वतको दुर्लुङमा आज दिउसो एक युवाले गोली चलाउदा दुई युवा घाइते भएका छन । पर्वतको बनौ ६ का महेन्द्र फकामी पुनले इटालियन पेस्तोलबाट दुर्लुङ गाबिस वडा नं. १ स्थित भुजेलथानमा गोली हान्दा दुर्लुङ-३ का लक्ष्मण बस्याल र रमेश सार्की घाइते भएका हुन । उनीहरुलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएपनि लक्ष्मण बस्यालको उपचार हुन नसकेपछि पोखरास्थित मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक केदार पन्तले जानकारी दिनुभयो । घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले गोली चलाउने महेन्द्र फकामी पुनलाई इटालियन पेस्तोलसहित पक्राउ गरेको पनि प्रहरी निरिक्षक पन्तले जानकारी दिनुभयो ।
Posted in समाचार