Daily Archives: 23/02/2010

जो खुट्टाले चलाउँछन् कम्प्युटर


दुइटै हात छैनन् उनका । तर पढाइमा उनी हात हुनेहरू भन्दा कम्ती छैनन् । पढाइमा तेज छन् । उनको हयान्डराइटिङ (हस्तलेखन) पनि सुन्दर छ। तर, खुट्टाले लेख्ने भएकाले उनका सन्दर्भमा ‘यान्डराइटिङ’ भन्दा ‘लेगराइटिङ’ भन्नु उपयुक्त होला। लेख्नेमात्रै होइन  उनी कम्प्युटरसमेत खुट्टाले नै चलाउँछन् । उनी अर्थात् उत्सव खड्गी । पढ्नेक्रम जारी राख्नुहोस्

यसरी जित्यो नेपालले


फागुन १२ , आइसीसी विश्व क्रिकेट लिग डिभिजन-५ मा नेपालले लगातार तेस्रो शानदार विजय हासिल गरेको छ। मंगलबार सैनिक महाविद्यालय भक्तपुरमा बहरानविरुद्ध नेपालले ८ विकेटको शानदार विजय हात पारेको छ। ४७ ओभरको खेलमा नेपालले १ सय १५ रनको लक्ष्य २२.५ ओभरमै पूरा गर्‍यो। ७१ रन बनाएका पारस खड्का म्यान अफ द म्याच भए।

राहदानी बनाउन ढिलाइ नगर्नुहोस्


आफ्नतहरुलाई विदेश बोलाउन चाहानुहुन्छ भने छिट्टै राहदानी लिनुहोला। राहदानी बनाउन ढिलाइ नगर्नुहोस् । ’cause परराष्ट्र मन्त्रालयले निकट भविष्यमै विदेश जान चाहने सर्वसाधारणलाई मार्च ३१ भित्र राहदानी लिइसक्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को बाध्यकारी प्रावधानअनुरूप अपि्रल १ देखि संसारभर मेसिन रिडेवल राहदानी (एमआरपी) लागू हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रेमविवाह गर्न नपाएको झोकमा आत्महत्या


प्रेमविवाह गर्न नपाएको झोकमा महोत्तरीमा एक युवतीले आत्महत्या गरेकी छिन्। एकजारा गाविस वडा नं.९ बस्ने राजेन्द्र यादवकी १६ वर्षीया छोरी सुनैनाकुमारीले आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। लामो समयदेखि स्थानीय अखिलेस यादवसँग प्रेमसम्बन्धमा रहेकी उनलाई परिवारले इच्छाविपरीत अर्कै ठाउँमा विवाह गर्न लागेकाले गएराति आफू सुत्ने कोठामा पासो लगाई आत्महत्या गरेकी मृतककी आमाले बताइन्। मृतक सुनैनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शैलेन्द्र यादवले बताए।

नेपाल बहराइनसँग भिड्दै


पेप्सी विश्व क्रिकेट लिग डिभिजन-५ को फाइनलमा प्रवेश पाउने बलियो सम्भावना बोकेको नेपालले आज बहराइनसँग खेल्दैछ। नेपालले पहिलो दुई खेलमा जर्सी र सिंगापुरलाई पराजित गरी डिभिजन-४ मा उक्लने सम्भावना बलियो बनाएको नेपालले मंगलबार बहराइनसँग भक्तपुरको वीरेन्द्र सैनिक स्कुल मैदान र बुधबार फिजीसँग त्रिवि मैदान कीर्तिपुरमा खेल्नेछ। सहभागी ६ टोलीमा यी दुईलाई कमजोर मानिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सम्पूर्ण कुवैतबासी नेपाली दाजुभाइ-दिदीबहिनीहरुमा समय फेरबदल गरीएको जानकरी गर्दछौ !!!


 कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

आगामी २६ फेब्रुवरी २०१०, शुक्रवारको दिन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको आयोजना गरेको माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप फूटवल टुर्नामेण्टको फाइनल अल-अमाना र अलघानिमको बिरुद्द खेल्ने छन सो खेलमा उपथित भई खेलको सोभा बढाइ दिनु हुन बुद्धिजिबी, समाजसेवी, पत्रकार, ब्यापारी तथा कलाकार साथै कुवेतमा पेशारत समस्त नेपालीहरुमा सादर आमन्त्रणा गरिन्छ। साथै समय फेरबदल गरीएकोमा माफी चाहन्छौ । वतावारणको साथै बढदो गर्मीले गदा १२ बजे देखी भनिएको समय लाई फेरबदल गरी ९ बजे राखिएको जानकरी गर्दछौ ।

मिति : २६ फेब्रुवरी २०१०, शुक्रवारको दिन

समय : विहान ९ बजे देखी

स्थान : कुवेतको अम्घारा फूटबल मैदानमा

धन्यवाद ।

 साथै माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत ।