Daily Archives: 22/02/2010

अनेसास इजरायलको आयोजनामा साहित्यिक भेटघाट र वृतचित्र प्रदर्शनी


यही फेब्रुअरी २० शनिबार साँझ इजरायलको तेल अभिवमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले नेपाल बाट इजरायल भ्रमणमा आउनु भएका कवि एवं साहित्यकार श्री अनिल पौडेलको स्वागतार्थ एक साहित्यिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गर्यो । अनेसास इजरायल, मेरो नेपाल द्वैमासिक पत्रिका प्रकाशन समिति लगायत इजरायल स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहनु भएको सो कार्यक्रममा कवि एवं साहित्यकार श्री अनिल पौडेल द्वारा आफैले निर्देशन गर्नु भएको नेपाली वृतचित्र “झमक’ को प्रदर्शनी गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कतारवासी तमूहरुको मनोरन्जनात्मक बनभोज कार्यक्रम


बुधबल तमू

कतार फेब्रुअरी १९

तमू बौद्ध सेवा समिति कतारको आयोजनामा अलखोर पब्लिक गार्डेनमा फेब्रुअरी १९ मा कतारवासी तमूहरुले यस वर्षको बनभोज विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुका साथ सम्पन्न गरेका छन् । कतारवासी तमूहरु विच भाईचारको संबन्ध बढाउन र एक आपसमा परिचित गराउने उद्धेश्यले आयोजना गरिएको बनभोज कार्यक्रममा कतारका तमूहरुको उल्लेखनिय उपस्थिती थियो । पढ्नेक्रम जारी राख्नुहोस्

विश्व लीग क्रिकेटः नेपालको छनोट सम्भावना बलियो


नेपालले पेप्सी विश्व क्रिकेट लिग डिभिजन-५ मा विजय क्रमलाई निरन्तरता दिएको छ। आइतबार सिंगापुरविरुद्धको निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले ६ विकेटको रोमाञ्चक विजय पायो। लगातार दोस्रो जितपछि नेपालको डिभिजन-४ मा उक्लने सम्भावना बलियो बनेको छ। विश्वकप २०१५ को छनोट आधारको रूपमा रहेको प्रतियोगिताका शीर्ष दुई टोलीले अघिल्लो चरणमा प्रवेश पाउने छन्। नेपाल र अमेरिकाले पहिलो दुवै खेल जितेका छन्। नेपालले म‌गलबार बहराइन र बुधबार फिजीसँग खेल्ने छ। पढ्नेक्रम जारी राख्नुहोस्

गिनिजबुकमा नाम लेखाउन खगेन्द्र इटलीतर्फ


 विश्वका सबैभन्दा होचा मानिसका रूपमा गिनिज बुकमा नाम उल्लेख गर्ने उद्देश्यका साथ बाग्लुङका खगेन्द्र थापामगर हिजो इटलीतर्फ उडेका छन्। गिनिज बुकमा उनको नाम राख्नका लागि सहयोग गर्न इटलीका रेडियोकर्मीहरुको एक समूहले सहयोग गर्ने भएको छ। सोही समूहको आमन्त्रणमा बुबा मीनबहादुर रानामगरका साथ उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। बाग्लुङ जिल्लाबाट २०६६ साल असारमा नागरिकताको प्रमाणपत्र लिएका १८ वर्षीय थापामगरको तौल हाल साढे चार किलोग्राम र उचाइ २० इन्चमात्र रहेको छ।

६०० मेघावाटको जलासययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाका लागि पाँच प्रस्ताव


धादिङमा पर्ने ६०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजनाका लागि पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीका प्रस्ताव परेका छन् । जलाशययुक्त आयोजनामा अत्यधिक लगानी पर्ने हुनाले कुनै पनि नेपाली कम्पनीहरुले चासो देखाएका छैनन् । जलाशययुक्त आयोजनामा विदेशी कम्पनीको प्रस्ताव परेको पहिलोपटक हो । प्रस्तावमध्ये बढी सेयर दिनेलाई छनोट गर्ने प्रक्रिया सरकारले अघि बढाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एकीकृत माओवादी नेताबाटै कार्यकर्ताको जीवन असुरक्षारअध्यक्ष प्रचण्डसँग जीवन रक्षाका लागि याचना


 माओवादीको मजदुर संगठनका तीन कार्यकर्ताले आफूहरू पार्टी नेताबाटै असुरक्षित भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जीवन रक्षाको आग्रह गरेका छन् । उनीहरूले “जीवन सुरक्षा गराइपाउँ” भनी प्रचण्डलाई निवेदन दिएका हुन् । अध्यक्ष जमरकट्टेलले भने दुःखद घटना भएको भन्दै आफूले कुनै निर्देशन नदिएको दाबी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्