Daily Archives: 16/02/2010

राष्ट्रपति यादव उच्च भेटघाटमा व्यस्त


नयाँदिल्ली, फागुन ४ । चार दिने भारत भ्रमणका लागि नयाँदिल्ली पुग्नु भएका राष्ट्रपति डा रामबरण यादव उच्च राजनीतिक भेटघाटमा सक्रिय रहनु भएको छ । आजदेखि मात्रै औपचारिक भेटवजार्ता सुरु हुने भए पनि उहाँले हिजोदेखिनै उच्च भारतीय नेताहरुसँग अनौपचारिक कुराकानी गर्नु हुने एजेन्सीहरुले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

तालिबन बिरुद्धको आक्रमणमा १ दर्जन सर्बसाधारको मृत्यु


अफगानस्थानमा तालिबान बिरुद्ध सयुक्त रुपमा सैन्य कारबाही जारी राखेको नेटो सेनाले प्रहार गरेको दुई वटा क्षेप्यास्त्र हेल्मण्ड प्रान्त स्थित सार्बसाधारणको बस्तीमा पर्दा १ दर्जन सर्बसाधरणको ज्यान गएको छ । नेटो कमाण्ड क्राष्टीयले सो घटना प्रति गहिरो दुख ब्यक्त गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बल्ल पाए गैर आवासीय नेपालीले विशेष परिचय पत्र


१५ फेब्रुअरी २०१०, काठमाडौं – सरकारले विदेशमा रहँदै आएका गैर आवासिय नेपालीहरुलाई परिचय पत्र बितरण गर्ने कार्य शुरु गरेको छ । परराष्ट्र मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी  परराष्ट्र मन्त्री सुजाता कोइरालाले  गैर आवासिय नेपाली संघका अध्यक्ष देवमान हिराचनलाई गैर आवासिय नेपाली परिचय पत्र दिइ कार्यक्रमको शुभारम्भ गर्नु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीसँग पनि बयान लिने तयारी


१६ फेब्रुअरी २०१०, संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारीहरु नियुक्तिमा भईरहेको ढिलाई’bout संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिने भएको छ । तर समितिले यस बिषयमा प्रधानमन्त्रीसँग स्पष्टीकरणका लागि समय भने तय गरिसकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

ठूला तिघ्रा शुभ संकेत


ठूला तिघ्रा र नितम्बका कारण फिगर नराम्रो भयो भनी पिरोलिनु भएको छ भने अब पालो मक्ख पर्ने । भारीभरकम थाई र हिप स्वास्थ्य असल रहेका संकेत हुन् । अनुसन्धाताहरू यसै भन्छन् । 

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार तिघ्रा र नितम्बमा हुने अतिरिक्त तौल स्वास्थ्यका लागि उत्तम हुन्छ । यसले मुटु र ‘मेटाबोलिक’ समस्या हटाउन सहयोग पुर्‍याउँछ । वैज्ञानिकहरूको दाबीअनुसार तिघ्रामा थुप्रिएको मासुमा सुन्निएको कम गर्ने पदार्थ (एन्टी इन्फ्लामेट्री एजेन्ट) हुन्छ । यसले खतरनाक बोसो भएको अम्ललाई समाप्त पार्छ र धमनीमा बोसो जम्मा हुन दिँदैन । पढ्नेक्रम जारी राख्नुहोस्

सर्वाधिक मनपराइएको जोडी


मुम्बई (एजेन्सी) फाल्गुन ४ – यी दुईको रिल-लाइफ ‘ढाई अक्षर प्रेम के’बाट सुरु भएको थियो । त्यसपछि उनीहरूको कुछ ना कहो, उम्राओ जान हुँदै ‘गुरु’ मा आउँदा रिल-रोमान्स रियल-लाइफ रोमान्समा बदलिसकेको थियो । बलिउडमा ‘सुपर-कपल’को रूपमा चिनिने अभिशेक बच्चन र ऐश्वर्या राय-बच्चन यो भ्यालेन्टाइन दिवसका अवसरमा इन्डियाको सबैभन्दा मन पराइएको सेलिबि्रटी जोडीका रूपमा चुनिएका छन् । भ्यालेन्टाइन दिवस मनाउन शादीडटकमले गरेको ‘ह्याप्पिली म्यारिड’ सर्वेक्षणमा अभि-ऐशले आफ्नै परिवारको जेठा बच्चन जोडीलाई उछिन्दै पहिलो स्थान ओगटेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्