व्यक्तित्व चर्चा: लोक गायक “राजेन्द्र बिरही”


मनोज काफ्ले ‘मनसुन’/ कुवैत

सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका गीत गायक राजेन्द्र बिरही पहिचानसँगै आएको छ । गीत धेरैले गाउछन्, धेरैले लेख्छन् तर माटो र मन छुने गीत गाउन र संगीत सृजना गर्न भने धेरैलाई कठिन परेको हुन्छ । यही परिप्रेक्ष्यमा विरहीको स्वरले धेरैको मन छोएको मात्रै छैन, हृदयसँग साटीने उनका गीत धेरैले मन पराएका छन् । पिता श्री समशेर रसाइली र माता श्री लक्ष्मी रसाइलीका माइला सुपुत्रका रुपमा २०३३ मङ्सिर ४ गते तनहुँको भानु गा. वि. स. वाड नं ४ चुदीरम्घामा जन्मनु भएका राजेन्द्र बिरही अहिले नेपाली लोकगीतका क्षेत्रमा देशमा वा परदेशमा आफ्नो नाम कमाउन सफल हुनु भएको छ ।

गाउँघरमा मेलापात अनी साथीसंगीसँग स्कुले जीबनमा सानैदेखि गाउदा-गाउदै उनको स्वर खारिएर आयो । आफु ४ मा पढ्दा देखि गीत गाउनमा उत्सुकता देखाउने गायक राजेन्द्र बिरहीले चन्द्रावती मा. वि. बाट १० पास गरेर महेन्द्र क्लबमा जागिरे हुँदा पनि आफ्नो कला र गलालाई उत्तिकै तेजिलो र स्पष्ट रुपमा प्रस्तुत गर्नुभयो । आफ्नै धर्मपत्नी कल्पना बिरहीबाट मिलेको उत्प्रेरणा अनी समाजमा हुने गरेका छुवाछुत र बिसङ्गतीलाई मध्यनजर राख्दै यस क्षेत्रमा लागेको गायक बिरही बताउनु हुन्छ । २०६० देखि अनवरतरुपमा नेपाली लोकसंगीतप्रति समर्पित गायक राजेन्द्र बिरहीले आफ्नो परदेशी जीबन कुवैतको खाडीमा बिताउनु परे पनि कुवैतमा हुने गरेका स्टेज प्रोग्राममा वहाँको नाम अग्रस्थानमा आउँछ । अहिले वहाँ कुवैतस्थित अल्घानिम कम्पनिमा बिगत ७ सालदेखि कार्यरत हुनुहुन्छ । २००५ मा गायक दिपेश किशोर भट्टराईसँग कुवैतमा भएको स्टेज सो मा वहाँको नाम प्रवासी नेपालीले चिन्न  पाएका थिए । त्यसपछि पनी कुवैतमा हुने गरेका हरेक साँस्कृतिक कार्यक्रम वहाँको स्वरले सजिएको हुन्छ । 
 
यस क्षेत्रमा आफु नयाँ हुँदा उनलाई संगीत क्षेत्रकै चर्चित नाम बि. बि. अनुरागीले हात डोर्‍याएर यो बाटो हिड्न प्रेरित गरेको भन्दै बि. बि. अनुरागी जीलाई आत्मै देखि माया-ममता बाँचुन्जेल रहने र वहाँको सहयोग कहिले पनी नभुल्ने बिस्वास दिलाउनु हुन्छ । २०६६ साल बैशाखमा साथी बिनोद  रसाइलीको शब्द संकलनमा उनकै लय संकलन गरी बजारमा आएको साह्रै राम्री रैछौ रन नी एल्बमको “साह्रै राम्री रैछौ रन नी” साइट ए मा र साइट बी को “एकछाक नुन छाडेनी भै गयो तिम्रो लागी मरिसकें म” बोलको गीतको अपार सफलता पछी देशमा वा परदेशमा नेपाली लोकसंगीतको एक सफल गायककार बन्न सफल हुनुभएको छ, गायक राजेन्द्र बिरही । वहाँको स्वरमा मिठास छ अनि माधुर्यता र मौलिकपन पनि । यहाँसम्म आइपुग्दा उनको जीबनमा संगीत मौलाएको छ, गीत फूलेको छ । शायद त्यसैले गीत उनको जीबन भएको छ जीबन उनको संगीत हुने भएको छ ।
 
अहिले वहाँ नेपालकुवैत साँस्कृतिक मञ्चको सह-सचिव पदमा रहेर कुवैतमानै विगतका दिनमा भन्दा आउँदा दिनहरुमा आफुले धेरै मान-सम्मान पाएको र यस क्षेत्रमा धेरैले साथ दिएकोले मन धेरै खुसी भएको छ भनी मुसुक्क मुस्कान छर्दै कुवैतमा परदेशी दिदीबहिनी, दाजुभाइले आफ्नो एल्बम मन पराई दिएकोमा हार्दिक आभार व्यक्त गर्नुहुन्छ । वहाँ आउँदा दिनमा चाँडै नै फेरी अर्को एल्बम निकाल्ने सोंचमा रहेको कुरा पनी स्पष्ट पार्दै, अबको एल्बम धेरै लोकप्रिय बनाउन कुवैत कै नयाँ लोककला र लोकपारखीको आवश्यकता छ भन्नुहुन्छ ।

साथै आगामी अप्रिल ९ तारिख नेपालकुवैत साँस्कृतिक मञ्चले नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गर्ने भव्य साँस्कृतिक कार्यक्रममा सबै संगीत पारखीलाई आफ्नो अमुल्य समय खर्चेर कार्यक्रमलाई अपार सफलता दिलाउनु हुन कुवैतवासी दिदीबहिनी, दाजुभाइ, साथीसंगी सबैलाई विन्ती गर्दै, फेरिपनि आफुलाई कुवैतमा सदा सहयोगी भावना राख्ने नेपालकुवैत डट कमका प्रधान सम्पादक राजन रिमाल र सम्पादक सुजन के. सी. ज्यूलाई शुरुवात देखि नै सहयोग पुर्‍याएकोमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु भन्नुहुन्छ, गायक राजेन्द्र बिरही । 

4 responses to “व्यक्तित्व चर्चा: लोक गायक “राजेन्द्र बिरही”

  1. hello, really good news for all and thanks for manoj to high light the local artiest………….

  2. manoj ji tapaiko khoj ani ojhelma pareka gayak pratiko yo pradaphas athanta sarahaniya chha. keep it long,yastai aru naya shrasta harulai pani media ma lyaune prayas garnu hola,prabasmaa baser pani nepali geet sangeetlai maya garnu atyanta ramro kaam ho rajendra ji lai pani bholikaa dinharumaa saphalata ko lagi agrim shubha kamana chha.

  3. This is very true. The thing that makes for good background singing is the ability to blend with other singers or yourself. This means staying in tune, and producing specific vowel sounds or tone colors for the sound that are needed for the engagement, be it live or in the studio. A good background vocalist has to be a chameleon of sorts; having the ability to sing with breathiness, or belting when needed, or somewhere in between.

    Being able to riff and move your voice is also a component that is important. And control of one’s vibrato is crucial to background singing. You also have to be willing to take direction and compromise.

    For instance, if you are a singer who always belts you have to be willing to sing softly at times. If you do not and belting is not what the date calls for and you continuously belt, you will be fired or not called for the certain dates. And the same holds true for singing softly. You have to be flexible enough to do it all.

    saugat
    55395623

  4. Wishing all the best for Rajendra Birahi ji..really you are the 1 best singer in kuwait so keep practice and try your besT@thanks Manoj sir for your news..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.