१५ फेब्रुअरी २०१०, राष्ट्रपति डा. रामवरण यादवले आज सोमबारबाट आफ्नो पहिलो विदेश भ्रमण गर्दै हुनुहुन्छ । राष्ट्रपति डा. यादव आजबिशेष विमानमार्फत छिमेकी देश भारतको भ्रमणमा प्रस्थान गर्नुभएको छ । उहाँलाई उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, संविधानसभा अध्यक्ष सुभाष नेम्वाङ लगायतका मन्त्रीहरुले बिदाई गरेका थिए । उहाँ २७ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जान लाग्नु एको हो । राष्ट्रपति यादवको आजबाट शुरु हुने भारतको चार दिने औपचारिक सदभाव मणमाचार वटा समझदारी तथा सम्झौतामा हस्ताक्षर हुने पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारीले जानकारी दिनुभएको छ ।
राष्ट्रपतिको भ्रमणको क्रममा नेपाल–भारतबीच हवाई यातायात, नेपालका विभिन्नसीमा नाकाका शहरमा रेल्वे विस्तार, हेटौंडामा पोलिटेक्निकल इन्स्टिच्यूटको स्थापना र बीरगञ्जमा नेपाल–भारत मैत्री सभा भवन निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । भारत बसाईका क्रममा राष्ट्रपति यादवले भारतीय समकक्षी प्रतिभा पाटिल, प्रधानमन्त्री मनमोहन सिंह, काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सवारी मन्त्रीका रुपमा रहेका पर्यटन मन्त्री भण्डारीले जानकारी दिनु भयो ।
Source: Janapukar