पासपोर्ट काण्ड विवादमा, संकट आउने


समयमै मेसिनले पढ्न सकिने पासपोर्ट नछापिने अवस्था पैदा भएको छ । कमिशनको खेलका कारण छपाई प्रक्रिया अगाडि बढ्न नसकेपछि नेपालीहरु विदेश जान नपाउने खतरा बढेको छ । विश्वभर मेशिनले पढ्न सकिने रिडेबल पासपोर्ट डेढ महिनापछि अनिवार्य गरिने भएपछि नयाँ पासपोर्ट निर्माण प्रकृया थालिएको हो । परराष्ट्रमन्त्री सुजाता कोइरालाले कमिसनको चक्करमा परी ढिलाइ गरेको तथ्य बाहिर आएको छ । उनलाई आज सदनको सार्वजनिक लेखा समितिले सोधपुछ समेत गरेको छ । समिति सभापति रामकृष्ण यादवले कमिसनको खेलमा ढिलाइ भएको भन्ने समाचार आएपछि सोधपुछ गरिएको बताए । आज विहान सोधपुछमा परराष्ट्र सचिव मदन भट्टर्राई पनि सहभागी थिए । पासपोर्ट छपाइका लागि प्रारम्भिक छनोटमा परेका कम्पनिहरुसँग परराष्ट्रले शर्त फेर्न भनेको थियो । कमिसनको कुरा नमिलेर यसो गरिएको बुझिएको छ ।

Source : nepaluk

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.