मनोज काफ्ले ‘मनसुन’/कुवैत
नवदुलहीको सिउँदोझैं सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए । त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन । मन देउरालीको फलैंचामा बसेर उही सिन्दूरे क्षितिजतिर एकोहोरो टोलाइरहेको थियो, मानौं ऊ कसैको आगमनको प्रतिक्षामा एकाविहानैदेखि चौतारोमा कुरिरहेको छ । ऊ अतीतको महासागरभित्र पौडन थाल्छ, जहाँ उसको जीवनका केही क्षणहरु अविस्मरणीय भएर गुज्रेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्