काठमाडौं जोरपाटी दक्षिणढोकास्थित धनप्रसाद लामिछानेको बन्दै गरेको घरभित्र शनिबार बिहान अचानक चितुवा पसी उक्त घरमा काम गर्ने एक जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएकाले उक्त चितुवालाई प्रहरीले वन कार्यालयका कर्मचारीको रोहवरमा गोली हानी मारेको छ।
चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका हाल नाम, थर, ठेगाना खुल्न नसकेका ती व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ। मारिएको चितुवालाई प्रहरीले वन कार्यालयमा बुझाएको छ।