युनिटी लाईफ ईन्टरनेशनल लि. ले सुविधा सम्पन्न डिपार्टमेन्ट स्टोरको उद्घाटन गर्‍यो


स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगार र समुन्नत नेपालको नारालाई आत्मसाथ गर्दै, नयाँ नेपाल निर्माणको अभियानमा जुटेको युनिटी लाईफ ईन्टरनेशनल लि. ले जावलाखेलस्थित आफ्नै भवन युनिटी टावरमा सुविधा सम्पन्न डिपार्टमेन्ट स्टोर शुरु गरेको छ । भ्यालेन्टाईन डे को दिन पारेर संचालन गरिएको युनिटी डिपार्टमेन्ट स्टोरको युनिटी ग्रुपका अध्यक्ष काशीराम गुरुङ्गले रिवन काटेर र अर्थ निर्देशक भिम गुरुङ्गले झण्डोत्तोलन गरेर उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै अध्यक्ष गुरुङ्गले डिपार्टमेन्टमा नुन देखि सुनसम्म अन्य डिपार्टमेन्टमा भन्दा सस्तो मूल्यमा पाईने बताउँदै आफुहरुले यसैलाई खाद्य बैंकको रुपमा लिएको बताए ।

गुरुङ्गले देशमा खाद्यको क्षेत्रमा भईरहेको कृत्रिम अभाव र काला बजारीको अन्त्य गर्न यस्ता खाद्य बैंकहरु संचालनमा ल्याएको बताउँदै यि डिपार्टमेन्ट स्टोरमा ग्रामीण बैंक मार्फत गाउँमा लगानी गरी संकलन गरिएका खाद्य सामानहरु बिक्री गरिने बताए । उनले आफ्नो डिपार्टमेन्टका कारण काला बजारीयालाई घाटा लागे पनि कृषक र उपभोक्तालाई फाईदा हुने बताए । गुरुङ्गले आफुहरुले अहिले सम्म देशभरी रहेका ठूलो ७ र साना २५ डिपार्टमेन्ट स्टोरमा २० करोड लगानी गरिसकेको बताउँदै यस डिपार्टमेन्टमा ३ करोड लगानी गरेको जनाए । उनले डिपार्टमेन्टबाट फाईदा भएको रकमको २५ प्रतिशत सदस्यहरुलाई बाँडने बताउँदै १४ अञ्चल ७५ जिल्लाको कुना काप्चासम्म युनिटीले डिपार्टमेन्ट स्टोर, अस्पताल र ग्रामीण बैंकहरु पुर्‍ याई ग्रामीण भेगका जनताको आयस्तर बृद्धि गराउने बताए ।

अहिले युनिटीले देशभर १७ वटा अस्पताल निर्माण गरिसकेको छ भनें दुध डेरी, साबुन फ्याक्ट्री, हाईड्रो सजिवन खेती, बायोउर्जा लगायत विभिन्न उद्योग कलकारखाना संचालन गरिसकेको छ ।

रामजी वगाले / प्रेस संयोजक 
फोन : ९८५१०९५३४५

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.