मुम्बइको पुनेमा भएको बम विष्फोटमा दुई नेपाली घाइते भएका छन् । शनिबार महराष्ट्रको पुनेमा बम विस्फोट हुँदा करीव ९ को मृत्यु र ४५ जना घाइते भएका थिए ।
घाइते हुनेमा ४ इरानी, २ सुडानी, १ ताइवान, १ जर्मन र २ नेपाली नागरिक रहेको त्यहाँस्थित स्थानीय समाचार संस्थाहरुले जनाएका छन् । मृत्यु हुनेमा १ ताइवानी र ३ भारतीय नागारिक रहेको भारतीय गृहमन्त्रालयले जनाएको छ । अन्यको पहिचान खुल्न सकेको छैन् ।
रोयटर्सका अनुसार पर्यटक जम्मा भएको समय शनिबार साँझ जर्मन बेकरीमा बम विस्फोट भएको थियो । सन् २००८ को मुम्बई आक्रमणपछिको यो पहिलो बम विस्फोटन हो ।
प्रहरीले चार विदेशी नागरिको मृत्यु भएको बताए पनि विदेशमन्त्रालय भने त्यसको आधिकारीक पुष्टि गरेको छैन् ।
Source: ekantipur