शिवरात्रीका अवसरमा पशुपतिनाथमा ७ लाखले दर्शन गरे


काठमाडौँ, फागुन १, महाशिवरात्रीको अवसरमा ७ लाखले पशुपतिनाथको मन्दिरमा दर्शन गरेका छन् । पशुपति विकास कोषले अपेक्षा गरेको भन्दा एक लाखले बढीले दर्शन गरेका छन् । शनिबार बिहान २:३० बजे विभूजी महाराजबाट महाशिवरात्रीको औपचारिक समापन भएको छ । यसैबीच हिजो राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति रामवरण यादवले पशुपतिनाथको दर्शन गरेका छन् । पश्चिम ढोकाबाट कडा सुरक्षाबीच पशुपतिनाथ प्रवेश गरेका राष्ट्रपति यादवले झन्डै २० मिनेट पूजा गरेका छन् । समयमै संविधान जारी होस् भनी आफूले कामना गरेँ, संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै राष्ट्रपतिले भने ।

राष्ट्रपतिले पूजा गरुन्जेल सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो । राष्ट्रपतिलाई पशुपतिनाथ आइपुग्दा संस्कृति मन्त्री मिनेन्द्र रिजाल तथा पशुपति विकास कोषका सदस्य सचिव सुशिलचन्द्र नाहाटा सहितका पदाधिकारीले स्वागत गरेका थिए । यसलगत्तै पूर्वराजा ज्ञानेन्द्र सवा ७ बजे पशुपति पुगेका थिए । राजतन्त्र कालमा सँधै राजा पशुपति जाने चलन रहिआएको भए पनि गणतन्त्र स्थापनापछि असुरक्षाको कारणले पोहोर परार पूर्वराजा पशुपति पुगेका थिएनन् ।

पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका भक्तजन वर्षाले प्रभावित भएका थिए । बिहानैदेखि बादल लागेर चिसो अनुभव भइरहेको बेला मध्यान्हदेखि सिमसिम पानी परिरहेको थियो । लाइनमा बस्नेहरुलाई जोगिन कुनै व्यवस्था नगरिएका कारण माघको जाडोमा हजारौं श्रद्धालु भिजेर लाइन बसिरहेका थिए । पशुपतिमा सहज दर्शन गर्न यो वर्षदेखि एक हजार रुपैयाँको टिकट लिएर लाइन नबस्ने व्यवस्था मिलाइएको छ । टिकट लिएका दर्शनार्थीका लागि पूर्वको ढोकाबाट दर्शनको व्यवस्था मिलाइए पनि केही भक्तजन ढोका थाहा नहुँदा अलमलिइरहेका छन् । कोषको कार्यालय वा नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत त्यस्तो टिकट काट्ने व्यवस्था मिलाइएको थियो । पाशुपती क्षेत्रमा सुरक्षा व्यवस्थाका लागि तीन हजार सशस्त्र र जनपद सुरक्षाकर्मीलाई पालैपालो सुरक्षामा खटाइएको छ । स्वयंसेवकहरुको संख्या भने करिब पाँच हजार रहेको थियो ।

Source : Weeklynepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.