जय आले (कुवेत)
अनेरास्ववियु अध्यक्ष रामकुमारी झाँक्रीको बिहे पशुपतिबाबु पुरीसित भएको छ । पशुपति पुरी जिल्ला विकाश समिति ललितपुरका योजना अधिकृत हुन् । उनी अहिले काठमाडौंमा परिवारसाथ बसेका छन् । पुरी र झाँक्रीबीच ६/७ बर्षदेखि चिनजान थियो ।
गुल्मी जिल्लाको झ्यालपोखरिमा जन्मनु भएकी ३१ वर्षिया झाँक्री सन् २००८ सेप्टेम्बरमा भएको अनेरास्ववियु (नेकपा एमालेको विद्यार्थी संगठन) को १९औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदको लागि लड्नु भयो । पुरुष उम्मेदवारसँगको कडा प्रतिस्पर्धा पछि उहाँ अध्यक्ष पदमा विजयी हुनुभयो । यसरी उहाँले विद्यार्थी संगठनको इतिहासमा पहिलो महिला अध्यक्ष भएर नेपालको इतिहाँसमै नाम लेख्नुभयो ।
उहाँको जन्म एक निम्न मध्यम मगर परिवारमा छैठौं सन्तानको रुपमा भएको थियो ।