गजल कविता र चुटकिला होइन !!


मनोज काफ्ले ‘मनसुन’, कुवेत

आज भोलि गजल लेखनको एउटा लहर नै चलेको छ । के बुढा, के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन, यो कनिष्ट एवं तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । उनीहरुलाई डर छ कही कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हो कि भनेर, त्यसैले उनीहरु हत्तारिएका हुन यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरुका लागि सफलताको कुरा पनि हो, यो हाम्रो लागि खुसीको कुरा पनि हो अझ भन्दा यसलाई एउटा जीतको कुरा हो भन्न अत्युक्ती नहोला ।

हुन त यति भएर मात्र गजलको विकाश भएको मानिदैन । यदि यतिलाई नै गजलको प्रगति भएको हामीले ठान्यौ भने त्यो किमार्थ सत्य हुदैन । त्यो हाम्रो भुल हुने छ । नेपाली गजललाई माथि उठाउन थुप्रै कामहरु वाकी छन । थुप्रै चुनौतिहरुको सामना गर्नु छ । नेपाली गजलमा आज थुप्रै अवरोधहरु छन । थुप्रै चुनौतिहरु छन । ’emलाई पन्छाउदै जानु नै आजको आवस्यकता हो । गजलमा देखिएका वाधा अवरोधहरुको निराकरण गर्दै जानु हाम्रो र्तव्य पनि हो । हो आज त्यही समय आएको छ । गजलमा आज वाह्य मात्र होइन आन्तरिक रुपमा पनि आक्रमण भैरहेका छन । प्रयोगको नाममा होस या परिमार्जन को नाममा  होस गजललाई आज विकृत वनाउदै लगिएको छ । गजललाई गेय विधाको रुपबाट अलग्याइदै एक पाठ्य विधाको रुपमा वदल्ने प्रयासहरु भैरहेका छन । अर्थात बहरबाट टाढा पारिदै छ । अर्थात गजललाई लयबाट टाढा पर्ने काम भैरहृको छ । यो राम्रो लक्षण होइन । यसको वारेमा सचेत हुनु पर्ने वेला आएको छ । यसका वारेमा गजल प्रेमीहरु एक जुट हुनु पर्ने वेला आएको छ ।

गजल नेपाली माटोमा भित्रिएको यतिका साल भै सक्दा पनि । गजलले यति धेरै प्रगति गरिसक्दा पनि आज सम्म गजललाई एउटा छुट्टै विधाको रुपामा स्वीकार्न कन्जुस्याई भैरहेको छ । आज पनि केही मानिसहरु गजललाई कविताको संज्ञा दिन र त्यही अनुसारको व्यबहार गर्न पनि पछि परिरहेका छैनन । आफ्नो पुरातन एवम् अग्रगमन विरोधी सोचलाई परिवर्तन गर्न चाहिरहेका छैनन । त्यसैले कहि गजललाई कविता र कही गीतकै श्रेणीमा राखिरहेका छन । हुन त त्यसो हुनुमा हाम्रो पनि एउटा कमजोरी रहेको छ । हामी हाम्रो रचना प्रकाशन मात्र भए होस भन्ठान्छौ तर यसको अस्तित्व के छ । यसले के प्रभाप कस्तो पर्छ भन्ने कुरामा ध्यान दिदैनौ । अर्थात हामीलाई मात्र हाम्रो रचना छापिए पुग्छ । त्यो गीतको नाममा छापियोस या कविताको नाममा । तर यो गलत हो । रचना छापिनु नै सवै थोक होइन । एक पटक सोच्नु होस त यदि कसैले तपाइलाई अरु नै कसैको नाम  लिएर वोलायो भने कस्तो होला । के त्यो तपाईलाई पाच्य हुन्छ ? के तपाई त्यसलाई सहज मान्नु हुन्छ ? त्यस्तै गजललाई गजल नभनेर कविता वा गीत वा मुक्तक भन्दा कस्तो होला ? कस्तो लाग्ला ? के तपाईलाई यो चित वुज्छ ? के यो गजलको अपमान भएन र ? अनि गजलको अपमान भए पछि तपाई गजलकारको चाही के मान भयो र ? तपाईलाई आफ्नै अपमान भएको मन पर्छ र ? हो यसको लागि अव सोच्नु पर्ने वेला आएको छ । यसबाट वच्न के गर्नु पर्ला भन्ने जिज्ञासा आउनु स्वभाविक नै हो । यसको एउटा मात्र उपाय हुन्छ त्यो हो तिरस्कार । हामी त्यस्ता गजलको अस्तीत्व नस्वीकार्ने पत्र पत्रिकालाई वा संचार माध्यमलाई हामी हाम्रा रचनाहरु नदिन सक्नु पर्छ । र नदिनु नै वेश हुन्छ ।

हामी कलम चलाउछौ र चलाउदै आएका छौ पनि । तर किन हाम्रो कलम त्यस वारेमा चल्दैन ? त्यस्ता गल्ती जस्ले सुकै गरोस । ती पत्रिकाहरु  मधुपर्क होस या गरिमा जुन सुकै हुन ’emको कमजोरीको वारेमा लेख्नु पर्यो नि । (यहा आएका मधुपर्क वा गरिमा एउटा दृष्टान्त मात्र हुन) आफ्ना रचनाहरु प्रकाशित नगरिदेलान कि भनेर हामी कमजोरीलाई पनि कमजोरी भनेर भन्न डराउ छौ अर्को कुरा भनृको हामी हामी विचमा पनि एकता छैन । नेपाली राजनीतिको प्रभाव गजलमा पनि नराम्ररी छिरेको छ । हामी पुर्वमा वस्ने पुर्वेली पश्चिममा वस्ने पश्चिमेली । हामी झापाली भापाली एक हुनु पर्दछ । हामी काठमाण्डौ वस्ने एक हुनु पर्दछ । भनेर गुट उप गुटमा विभाजित छौ । (यहा काठमाण्डौ, झापाली एउटा दृष्टान्तको रुपमा मात्र प्रयोग भएका छन) अनि यही अनुसार हामी व्यवहार गर्छौ पनि । नेपाली गजलका हामी पुजारी भएर पनि राजनीतिमा प्रभावित भएर व्यवहार गर्छौ । अनि कहा गजलको विकाश हुन्छ त । एउटाले ल्याएको सही कुरा नै भए पनि हामी विरोध जनाइहाल्छौ त्यही क्षत्रीयता र जातीयतामा अडिएर । त्यही अघिल्लो र पछिल्लो पुस्ताको संज्ञा दिएर ।

अनि हामी वीच श्रेय कस्ले लिने भन्ने वारेमा लडाइ नै हुन्छ । होड नै चल्छ । यदि मैले उस्को कुरामा सहमती जनाएँ भने त उसले श्रेय लिईजान्छ । उस्लाई सवैले चिनिजान्छन । म त पछि परि जान्छु नि भन्ने सोचेर हामी असहयागी वन्न पुग्छौ । असहमती जनाउन पुग्छौ । यही गजल संग संवन्धी बहस मै हेरौ न । सवैलाई थाहा छ यो आवस्यक्ता हो । गजलमा बहस चाहिएको छ । तर जुँगाको लडाईले गर्दा असहयोग पनि हुन सक्छ । अनामण्डली एवम् पल्लव लगायतका समुह तथा व्यक्तीहरुले गजलमा बहर आन्दोलन नै छेडेका छन । उनीहरुलाई नेपाली गजलको चिन्ता छ । गजललाई सही बाटोमा लैजान पाए हुन्थ्यो भन्ने सोच छ र हुनु पनि पर्छ । तर भित्र भित्रै बहर विरोधीहरु, जस्लाई गजलविरोधीहरु भने पनि गाह्रो नहोला । ’em नै आज खुट्टा तान्न तल्लीन  छन । कसरी यिनीहरुलाई पछार्न पाए हुन्थ्यो भनेर हेरिरहेका छन । त्यस्तै यो स्तम्भकारले पनि गजलमा बहरको आवस्यक्ता छ । बहरको प्रयोगले गजललाई विगार्ने होइन अझ सुन्दर वनाउछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.