Daily Archives: 09/02/2010

विश्वब्यापी गजल प्रतियोगितामा १६१ को सहभागिता


मनोज काफ्ले  / कुवैत

प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सहआयोजनामा संचालन भईरहेको विश्वब्यापी रेडियो गजल प्रतियोगिता आयोजकहरुको रिकोअर्डिनेटङ मिटिङ गत ६ फेब्रुवरीको दिन ब्रुनाईको सेरियामा सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्

भरत नेपाली को हुन ?


दिउँसै खुला सडकमा गोली हानेर हत्या गरी अति सुरक्षित स्थानका रुपमा रहेको लाजिम्पाट क्षेत्रबाट सुरक्षित भाग्न सफल हुने त्यो समूह कसको थियो ? कसले गरे जमिम शाहको हत्या ?  चार चारवटा आयोग बनिसकेको छ सत्यतथ्य पत्ता लगाउने नाममा । सञ्चारमाध्यमलाई फोन गर्दै एक व्यक्तिले जमिमलाई ‘हमने टप्काया है’ भन्दै जिम्मा पनि लिइसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

जमिम हत्यामा प्रयोग गरिएको मोटरसाइकल फेला पर्‍यो


शेखर अधिकारी काठमाडौं, माघ २६ –
सञ्चार उद्यमी जमिम शाहको हत्यामा प्रयोग गरिएको मोटरसाइकल काठमाडौंको फुटुङमा वेवारिसे अवस्थामा फेला परेको छ । फुटुङ वडा नं १ स्थित साङ्लेखोलाको भीरमा मोटरसाइकल भेटिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

जमिमका हत्यारा अझै पत्ता लागेनन्


स्पेसटाइम नेर्टवर्कका अध्यक्ष जमिम शाहको हत्या भएको २४ घण्टा बितिसक्दा प्रहरीले सोमबार राति अबेरसम्म एक जना पनि शंकास्पद व्यक्तिलाई पक्राउ गर्न सकेको छैन।  

सुरक्षा निकायको कमजोरीकै कारण शाहको हत्यारा सजिलै भाग्न सफल भएको निष्कर्षनिकाल्दै गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायका निमित्त प्रमुखसँग स्पष्टीकरण लिइसकेको मन्त्रालय उच्चस्रोतले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

दीपकले रचे इतिहास / नेपाललाई थप ५ स्वर्ण


निरञ्जन राजवंशी/टीएस ठकुरी, (ढाका, बंगलादेश)

तेक्वान्दो सुपरस्टार दीपक बिष्टले ११औं सागमा स्वर्णपदक जित्दा आफूलाई नेपाली खेलकुदको र्सवाधिक सफल खेलाडीको सूचीमा लेखाएका छन्। 

दक्षिण एसियाली राष्ट्र सम्मिलित बृहत् खेलमेलाको आठौंदेखि ११औं संस्करणसम्म नियमित स्वर्ण जित्ने उनी एक्ला नेपाली खेलाडी बनेका छन्। यसअघि चर्चित म्याराथन धावक वैकुण्ठ मानन्धरले पहिलो, दोस्रो र तेस्रो साफ गेम्समा स्वर्ण तथा चौथोमा कांस्य जितेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

दुबई गजल मुशायरा-२०६६ मा १९ जना गजलकार आमन्त्रित


बसन्त मोहन अधिकारी (युएई)

नेपाली साहित्य तथा सांस्कृतिक परिषद् यूएईले आगामी १२ फर्वरीमा दुबईको एभरेष्ट इन्टरनेशनल होटलमा आयोजना गर्न लागेको दुबई गजल मुशायरा-२०६६ मा १९ जना गजलकारलाई प्रस्तुतिकरणका लागि निम्त्याउने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्