मनोज काफ्ले ”कुवेत”
आज विश्व क्यान्सर दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
प्राप्त समाचार अनुसार ‘समयमै उपचार गराए क्यान्सर निको हुनसक्छ’ भन्ने मूल नाराका साथ विश्वरभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदैछ । यस दिवसको अवसरमा क्यान्सर सोसाइटि नेपालले मुलुकभर विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ । नेपाल अर्बुद रोग निवारण केन्द्रले राजधानीमा फलफुल वितरण, प्रभातफेरि, अन्तर्क्रियालगायत कार्यक्रम आयोजना गरेको छ । साधारणतया मुख, घाँटी, स्तन, पाठेघर, फोक्सोलगायत शरिरका अंगमा क्यान्सर रोग लाग्ने गरेको छ । नेपालमा मात्रै ५० हजार क्यान्सरका रोगी रहेको तथ्याङ्क छ ।क्यान्सरबाट बँच्न धूमपान तथा मध्यपान र बोसोयुक्त पदार्थ सेवन नगर्न र फलफूल तथा हरिया सागपातको सेवन बढि गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।
